विराटनगर । केशलिया खोलाको पानीको बहाव बढेपछि बर्जु २ को भीमपुर बस्ती डुवानमा परेका छ । भीम पुर बस्तीका झन्डै १ भन्दा बढी घरहरु डुवानमा परेका छन् । मंगलबार दिउसो १२ बजेदेखी खोलाको बहाव बढेको स्थानियले बताएका छन् ।
केशलिया खोलाको तटबन्ध भरिएर बस्तीमा छिर्दा विराटनगर – बर्जुको सडक खण्डमा सवारी साधन आउजाउमा समेत समस्या भएको थियो । घर घरमा पानी पसेपछि स्थानियहरु सडकमा बसिरेहेका छन् ।
झन्डै ४ घन्टा जति बस्तीमा छिरेको पानीले गर्दा स्थानियवासीको लत्ताकपडा, घरायसी सामानहरुमा क्षति पुगेको स्थानियले बताएका छन् । पहाडी क्षेत्र लगायत तराईका विभिन्न स्थानमा विगत दुईदेखी परेको अविरल बर्षाका कारण तराईका नदि खोलाको बहाव बढीरहेको छ ।