पहाडी क्षेत्रमा अविरल बर्षा हुदाँ तराईमा डुवान र सडक अवरुद्ध ( फोटो फिचर )

<span class='c1'>पहाडी क्षेत्रमा अविरल बर्षा हुदाँ तराईमा डुवान</span> <span class='c2'>र सडक अवरुद्ध ( फोटो फिचर )</span>

विराटनगर । पहाडी क्षेत्रमा परेको अविरल बर्षाका कारण तराईका नदीनाला तथा खोलाहरुमा बाढी आएपछि बस्तीहरुमा छिरेको छ ।
विगत केहीदिन यता निरन्तर परिरहेको अविरल बर्षाका कारण तराई क्षेत्रका अधिकास भागहरु डुवानमा परेका छन् । यसैविच मंगरबार दिउसो विराटनगरको पस्चिम क्षेत्रबाट बग्ने केशलिया खोलाको बहाव बढेपछि सुनसरी र मोरङका विभिन्न वडा तथा बस्तीहरु डुवानमा परेका छन् ।


विराटनगर ६ रामपुर पस्चिम डम्पिङ साईडको खोलाको पानी ओभरफ्लो भएर विराटनगरका केही भाग र बर्जु २ का केही बस्तीहरु डुवानमा परे ।
विराटनगरको पश्चिममा रहेको केशलिया खोला विराटनगरको वडा नम्बर ११ ,१२ र सुनसरीको बर्जू गाउँपालिका–२ भिमपुर बस्तीमा पानी पसेको थियो । मंगलबार दिउँसो १ बजेदेखि केसलिया खोलामा पानी भरिएर बस्तीमा पसेको स्थानियवासीले बताए ।


महानगरपालिकाको डम्पिङ साइट नजिकैबाट केशलियाको बाढी बस्तीतिर पसेको पछि विराटनगर–१२ मा रहेको सम्पन्न बस्तीसहित त्यस क्षेत्रका टोलहरू डुवानमा परेका थिए ।

केशलिया खोलाको पानी बस्तीमा छिरेपछि महानगरको नगर प्रहरी टोली प्रभावित क्षेत्रमा पुगेर अवलोकन गरेर आवश्यक पर्दा उद्धारको लागी तयारी अवस्थामा राखेको थियो । पहाडी क्षेत्रमा पारेको अविरल बर्षाले गर्दा खोलामा बढेको बहावले केशलिया विराटनगर हुदै बर्जुगाँउपालीका आउजाउ गर्ने सडक खण्डमा सवारी साधन केही अवरोध भएको थियो । तर साँझ पख भने खोलाको बहाव केही मात्रामा घट्दै गएको स्थानियवासीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्