बुढानीलकण्ठ स्कुलबाट ४ जिपिए ल्याउने सिरिन भट्टराई नगदसहित सम्मानित

<span class='c1'>बुढानीलकण्ठ स्कुलबाट ४ जिपिए ल्याउने</span> <span class='c2'>सिरिन भट्टराई नगदसहित सम्मानित</span>

विराटनगर । एसईईको परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी शिरिन भट्टराईलाई विराटनगर – २ स्थित बुढानीलकण्ठ माविले सम्मान गरेको छ । स्कुल परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी भव्य रुपमा सम्मान गरी विदाई गरेको हो ।


एसईईको परीक्षामा उत्कृष्ट नतिजा ल्याएको भन्दै स्कुलले उनलाई नगद २५ हजार रुपैयाँ सहित कदर पत्रले सम्मान गरेको छ । सम्मानित भएकी छात्रा शिरिनले कडा महेनत गर्दा आज सफलता मिलेको बताइन् । शिक्षकहरुले पढाएको कुरा र स्कुल र घरमा मेहनता गरेर अध्ययन गर्दा सफलता प्राप्त हुने उनले बताइन् । सम्मानित भएका छात्रा भट्टराईलाई स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । एसईईमा ४ जीपीए ल्याएर स्कुलमा सर्वोउत्कृष्ट भएकी भट्टराईले विज्ञान संकाय अध्ययनका लागी विराटनगर स्थित शिक्षादीप कलेज रोजेकी छिन् ।


उनले शिक्षादीप कलेजले लिएको प्रवेश परीक्षामा पनि उनी पहिलो भएकी थिइन् । उनलाई कलेजले पूर्ण छात्रावृत्तीमा अध्ययन गराउने घोषणा गर्दै भव्य रुपमा स्वागत पनि गरिसकेको छ । विराटनगर घर भएकी भट्टराई भविष्यमा चिकित्सक बन्ने बताएकी छिन् ।

बुढानिलकण्ठ स्कुलबाट ८९ जना विद्यार्थीले दिएको एसईई परीक्षामा सिरिन भट्टराईले ४ जीपीए ल्याएर सतप्रतिशत विद्यार्थी उत्तिर्ण भएको स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले जानकारी दिए ।
३.६ भन्दा माथि ३७ जना, ३.२ भन्दा माथि ३८ जना र २.८ भन्दा माथि ल्याउने १४ जना विद्यार्थी रहेको प्रिन्सिपल भट्टराईले बताए । बुढानिलकण्ठ स्कुल गुणस्तरीय शिक्षामा अब्बल सावित भएको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती शिक्षक, शिक्षिकाहरूबाट पठनपाठन हुने गरेको कारण बुढानीलकण्ठ स्कुलको नतिजा प्रत्येक वर्ष उत्कृष्ट आउने गरेको स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्