छुट्टै परिचय बनाउँदै विराटनगरको कान्तिपुर कलेज

<span class='c1'>छुट्टै परिचय बनाउँदै</span> <span class='c2'>विराटनगरको कान्तिपुर कलेज</span>

विराटनगर । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले छोटो समयमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएको छ ।

युवा तथा दक्ष अनुभवी प्राध्यापकहरुको समूहले संचालन गरिरहेको कलेजले शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको हो ।

विस २०७२ सालदेखि नयाँ व्यवस्थापन टिम आएसँगै कलेजले उत्कृष्ट नतिजा ल्याइरहेको छ । कान्तिपुरमा अध्ययन गरेका आठ हजारभन्दा बढी विद्यार्थीले प्लसटु उत्तीर्ण गरी देश तथा विदेशका कलेजहरुमा अध्ययन गरिरहेको कलेजले जनाएको छ।

कान्तिपुरबाट उत्तीर्ण भएका विद्यार्थी मध्ये इन्जिनियरिङमा १ सयभन्दा बढी, मेडिकल क्षेत्रमा ७५, सिए, बिबिए र अन्य विभिन्न क्षेत्रमा नाम निकाल्न सफल भएको र धेरै विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भईसकेको कलेज प्रशासनले जनाएको छ ।

पढाई सँगसँगै कान्तिपुर कलेज अतिरिक्त क्रियाकलापमा पनि सँधै अगाडी छ । खेलकुद तथा अन्य विभिन्न विधामा पनि कान्तिपुर कलेजले विभिन्न उपाधि जितिसकेको छ । कलेजमा पूर्व मेचीदेखि जनकपुर, सिराहा, सप्तरी लगायत कोशी प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थी कान्तिपुर कलेजमा अध्ययन गर्न आउने कलेजले जनाएको छ।

विद्यार्थीको लागि कलेजले यातायातको व्यवस्था गर्नुको साथै इ–लाइब्रेरी र होस्टलको समेत व्यवस्था गरेको छ । गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजासँगसँगै कान्तिपुर कलेजले व्यवहारीक पक्षलाई पनि जोड दिने गर्दछ । विद्यार्थीहरूले सर्टिपिकेट मात्र प्राप्त गर्ने नभएर पढेका कुराहरूलाई व्यवहारमा उतार्नका लागि कान्तिपुर कलेजले समय समयमा विभिन्न आद्यौगिक भ्रमण समेत गराउदै आएको कलेजले जनाएको छ ।

दक्ष तथा अनुभवी प्राध्यापक, प्रशिक्षकबाट प्रशिक्षण गराईने हुँदा विगतको वर्षहरुमा राम्रो नतिजा ल्याउन सफल भएको कलेजका प्रिन्सिपल भुवन नेपाल बताउनुभयो। विद्यार्थीलाई मेडिकल, इन्जिनियरिङ, सिम्याट, क्षेत्रमा नाम निकाल्न सहज होस् भनेर तयारी कक्षाहरु समेत संचालन गर्दै आईरहेको छ ।

कलेजले प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने साथै एसईइ परीक्षामा सर्वौत्कृष्ट नतिजा ल्याउने करिब १ सय विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको समेत प्रदान गर्दै आइरहेको छ । विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान विषयमा पठनपाठन गराउदै आएको छ।

कलेजले विद्यार्थीहरुलाई समय सापेक्ष विश्व बजारमा प्रतिष्पर्धा गराउन सक्ने योग्य र दक्ष बनाउन लागि परेको प्रिन्सिपल भुवन नेपालले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्