मोरङमा हुलाकी राजमार्गको ‘हालत’, सडक छिचोल्नै सकस

<span class='c1'>मोरङमा हुलाकी राजमार्गको ‘हालत’,</span> <span class='c2'>सडक छिचोल्नै सकस</span>

विराटनगर । रंगेलीबाट गाडी हिडेंपछि कर्सिया–कदमाहा–नयाँ बजार हुँदै विराटनगर टेक्न मुस्किल पर्छ । वर्षात्को समय हुलाकी राजमार्गको हालतले यात्रा सकसपूर्ण रहने गरेको हो ।

मोरङमा हुलाकी राजमार्ग निर्माणमा भएको लापर्वाहीले नागरिकलाई समस्या परिरहेको छ । सेवा क्षेत्र भित्रका नागरिकको दैनिकी सकसपूर्ण बन्दै गएपछि यसको सुनुवाई गर्ने निकाय नै नभएको जस्तो पीडा पोख्ने गरेका छन् । सर्वसाधारणले दैनिक बेहोर्नु परेको पीडाले हुलाकी राजमार्ग ‘हालती’ राजमार्गमा रुपान्तरण भएको धेरैले आलोचना गर्ने विषयमा पर्ने गरेको छ ।

मोरङको ४२ किलोमिटर दुरीमध्ये सात प्याकेजमा ठेक्का सम्झौता भएर काम अगाडी बढाइएको थियो । जसमध्ये रंगेलीदेखि रतुवामाई नगरपालिकासम्मको कालोपत्रे सकिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका सूचना अधिकारी एवं इन्जिनियर प्रभात किरण राईका अनुसार ४२ किलोमिटरमध्ये २६ किलोमिटर दुरी कालोपत्रे भईसकेको छ । मोरङको रतुवामाईदेखि विराटनगरको केशलियासम्मको क्षेत्रमध्ये रतुवा–रंगेली र रंगेली बजार क्षेत्रको ६.५ किलोमिटर दुरी कालोपत्रे भईसकेको हो ।

धनपालथानको बेतौनादेखि नयाँ बजारसम्मको काम ६० प्रतिशत सकिएको दावी छ । नयाँ बजारदेखि कटहरीसम्मको दुरीको प्रगति ३० प्रतिशत मात्रै छ । विराटनगर बजार क्षेत्र बाहेक बरगाछी गणेशचौक–केशलियासम्मको ३.५ किलोमिटर दुरीको काम पछिल्लो समय बढेपनि यो वर्षात्को समयमा नागरिकलाई उत्पात समस्यामा पारेको गुनासो छ ।
विराटनगर–५ गणेशचौक–केशलियाको काम गर्दै आएको देव एण्ड सायर भूमि जेभीको म्याद सकिएको छ । आयोजनाको जिम्मेवारीमा रहेका साइड इन्जिनियर दुर्गा मण्डलका अनुसार भेरिएसन स्वीकृत पनि गरिएको छैन । निर्माण कम्पनीले काम राम्रो गरेका कारण पछिल्लो समय ४७ प्रतिशत भौतिक प्रगति भएको भएपनि निकासा नहुँदा अहिले काम रोकेर बसेको छ ।

हुलाकी राजमार्ग योजनाका इन्जिनियर एवं सूचना अधिकारी राईका अनुसार रंगेली–पथरीशनिश्चरे र गान्धीमनमोहन मार्गको काम सुस्त रहेको छ । बाँकी पाँच प्याकेजमध्ये दुई प्याकेजको काम सकिएको छ । बाँकी तीनवटा प्याकेजको काम समेत तिव्र रुपमा अगाडी बढेको छ ।
तर, मोरङमा हुलाकी राजमार्ग निर्माण बाँकी रहेको कर्सिया–कदमाहा–नयाँ बजार–हाटखोलासम्मको दुरी वर्षात्को समयमा सबैभन्दा बढी बिजोक रहेको रंगेलीका करण ठाकुरले जानकारी दिए । यसैगरी गणेशचौक–केशलियाको दुरी समेत उस्तै रहेको छ ।

नयाँ बजार–विराटनगर खण्डको निर्माण श्रेष्ठ कन्ट्रक्सनले गर्दै आएको छ । यहाँसम्म ३० प्रतिशत मात्रै भौतिक प्रगति रहेको छ । आयोजना कार्यालयले भने खासमा पैसा दिन नसकेरै कार्यप्रगति भनेजस्तो हाँसिल हुन नसकेको बताउँदै आएको छ ।
चालु आर्थिक वर्षका लागि मात्रै ३० करोड रुपिँया आवश्यक पर्ने कार्यालयलाई ८ करोड मात्रै बजेट आएको थियो । कार्यालयले २२ करोड दायितव भुक्तनी बाँकी रहकेो छ । नेपालमा वि.सं. २०६२/०६३ सालबाट हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो । मोरङमा चार वर्षअघि देखिै राजमार्ग निर्माणको कार्य अघि बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्