विराटनगरमा घरको फोहोर सडकमा, सडकको फोहोर नालामा

<span class='c1'>विराटनगरमा घरको फोहोर सडकमा,</span> <span class='c2'>सडकको फोहोर नालामा</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकामा फोहोर व्यवस्थापनको समस्या दिनानुदिन गम्भीर बन्दै गएको छ । सर्वसाधारणले प्लास्टिकजन्य वस्तुहरू जथाभावी फ्याँक्ने प्रवृत्तिले शहरको सौन्दर्य र स्वच्छतामा नकारात्मक प्रभाव पारेको छ । घरको फोहोर सडकमा, सडकको फोहोर नालामा पर्दा त्यसको असर शहरभरी देखिने गरेको छ । सडक देखि नालासम्म फैलिएको फोहोरले वातावरणीय समस्या सिर्जना मात्रै नभई शहरमा पानीको निकास रोक्न समेत मद्दत गरिरहेको छ ।

महानगरपालिका सरसफाई शाखा प्रमुख पुनम दाहालका अनुसार, पहिले सडकमा फोहोर राख्ने भाँडाहरू तोडफोड र संरणको अभावका कारण हटाइएका थिए । यसले गर्दा सर्वसाधारणलाई फोहोर व्यवस्थापनमा थप समस्या उत्पन्न भएको छ । चाउचाउ, बिस्कुट, चकलेट, भोला जस्ता वस्तु प्रयोगपछि त्यसका खोलहरु सडकमै फ्याँक्ने गरिएको छ ।

यस प्रकारको लापरवाहीपूर्ण व्यवहारले वर्षातको समयमा नालाहरू जाम हुने र पानी निकासमा गम्भीर समस्या उत्पन्न हुने गरेको छ । यसले शहरका विभिन्न भागहरूमा बाढी र जलजामको जोखिम बढाएको छ ।

वातावरणीय दृष्टिकोणबाट हेर्दा, प्लास्टिक र अन्य गैर–जैविक फोहोरहरूको अनियन्त्रित विसर्जनले माटो र पानीको गुणस्तरमा ह्रास ल्याउँदै छ । यसले स्थानीय जैविक विविधतामा नकारात्मक असर पार्नुका साथै मानव स्वास्थ्यमा पनि जोखिम बढाउँदै छ । महानगरपालिकाले घरभित्र तथा व्यवसायबाट उत्पादन भएको फोहोर जथाभावी फ्याँक्नेलाई जरिवाना गर्ने नीति लिएको थियो । साथै, महानगर भित्रका व्यवसाय तथा प्रत्येक घरधुरीलाई सफाई सदस्यता कार्ड अनिवार्य गरिएको छ । तर यी उपायहरू पर्याप्त हुनका लागि कार्यान्वयन पक्ष बलियो हुनपर्दछ । त्यो नहुँदा नगरवासीले समेत आफ्नो दायित्व सम्झने गर्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्