रिलायन्समाथि धक्का : प्राधिकरणले लाइन काट्यो, सेबोनले आईपीओ रोक्यो

<span class='c1'>रिलायन्समाथि धक्का : प्राधिकरणले लाइन</span> <span class='c2'>काट्यो, सेबोनले आईपीओ रोक्यो</span>

विराटनगर । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी गर्न रोक लगाएको छ । संसदको सार्वजानिक लेखा समितिको निर्देशनमा महंगोमा आईपीओ जारी गर्न दिने निर्णय गरेको सेबोनले पछि हटेको हो ।

सेबोनका कार्यवहाक अध्यक्ष नरेन्द्रकुमार रानाले रिलायन्सलाई महंगोमा आईपियो खोल्ने अनुमति दिएका थिए । वित्तीय विवरण नै नहेरी हचुवाका भरमा धेरै मूल्यमा आईपियो जारी गर्न दिइएको निर्णयबाट बोर्ड फिर्ता भएको हो ।

बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक नवराज अधिकारीले लेखाको ध्यानाकर्षण भएपछि रिलायन्सको आईपीओ हाललाई स्थगित भएको जानकारी दिएका छन् ।‘रिलायन्स स्पिनिङको वित्तीय विवरण शंकास्पद देखिएपछि लेखाले बोर्डसँग ७ दिनभित्र जवाफ मागेको थियो । गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको कम्पनीले उल्लेख गरेको थियो, तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ । यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गरिएको थियो ।

रिलायन्सले विद्युत प्रयोग गरेवापत शुल्क नबुझाएको भन्दै प्राधिकरणले लाइन समेत काटिदिएको छ । मिल सञ्चालकले झण्डै ७५ करोड बक्यौता बुझाउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्