इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग र सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक सहकार्य सम्झौता

<span class='c1'>इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग र सिलिगुरी</span> <span class='c2'>इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक सहकार्य सम्झौता</span>

विराटनगर । इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग, विराटनगर र भारतको सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक विकास तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ।

यो सम्झौताले दुवै देशका विद्यार्थीहरूलाई विश्वस्तरीय इन्जिनियरिङ शिक्षा र अनुसन्धान अवसरहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

सम्झौता पत्रमा इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग, विराटनगरको तर्फबाट प्रिन्सिपल ई. अमित सुराना र भारतको सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीको तर्फबाट प्रिन्सिपल डा. मिथुन चक्रवर्तीले हस्ताक्षर गरेका छन् ।

संकाय आदान-प्रदान कार्यक्रम,अन्तर्राष्ट्रिय इन्टर्नशिप र औद्योगिक तालिम,संयुक्त रोजगार मेला,अन्तर्राष्ट्रिय कार्यशाला र सम्मेलनहरू,संयुक्त अनुसन्धान परियोजनाहरू,अनुसन्धान सुविधाहरूको साझेदारी सम्झौताका मुख्य बुँदाहरू रहेका छन्।

इस्टर्न कलेजका प्रिन्सिपल ई. अमित सुरानाले भने, "यो सम्झौताले हाम्रो इन्जिनियरिङ शिक्षालाई अझ बढी अनुसन्धानमुखी बनाउन र विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।"

सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीका प्रिन्सिपल डा. मिथुन चक्रवर्तीले यस सहकार्यलाई दुवै संस्थाका लागि फाइदा जनक बताउँदै भने, "यसले हाम्रा विद्यार्थी र संकायलाई अन्तर्राष्ट्रिय अनुभव र ज्ञान आदान-प्रदानको अवसर प्रदान गर्नेछ।"

इस्टर्न कलेज, जसले दुई दशकदेखि गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको छ, यस सहकार्यमार्फत आफ्नो शैक्षिक कार्यक्रमहरूलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने लक्ष्य राखेको छ। यो सम्झौताले नेपाल र भारतबीचको शैक्षिक सम्बन्धलाई अझ बलियो बनाउनुका साथै क्षेत्रीय स्तरमा उच्च शिक्षाको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

कलेजमा अहिले वि.ई सिभिल इन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स कम्यूनिकेशन र अटोमेशन इन्जिनियरिङ कार्यक्रमहरु संचालन हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्