कोशी अस्पतालमा पहिलोपटक ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया सुरु

<span class='c1'>कोशी अस्पतालमा  पहिलोपटक ‘फेको’</span> <span class='c2'>प्रविधिबाट आँखाको शल्यक्रिया सुरु</span>

विराटनगर । विराटनगरमा रहेको  कोशी अस्पतालमा पहिलो पटक फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सुरू भएको छ । ओपीडि मात्रै संचालन हुँदै आएको कोशी अस्पतालमा अब आँखा रोगको शल्यक्रिया  समेत सुरु भएको छ  । मंगलबार कोशी अस्पतालका ६ जना नेत्ररोग विशेषज्ञ चिकित्सकहरुको टिमले मोरङको ग्रामथान गाउँपालिका – ६ का ६७ वर्षिय भूमिप्रसाद रेग्मीको फेको प्रविधिबाट मोतियाबिन्दुको सफल शल्यक्रिया गरेका छन्  ।

लामो समयदेखि रेग्मी साझ परेपछि आँखा नदेख्ने समस्यामा परेका थिए । त्यसपछि उनी कोशी अस्पतालको ओपीडिमा आएका थिए । चिकित्सकको टिमले शल्यक्रिया गरिनुपर्ने सुझाब दिएपछि उनको सफल शल्यक्रिया भएको हो । कोशी अस्पतालका नेत्ररोग विशेषज्ञ डा. आस्मा केसी र डा.निश्चल घिमिरे सहितको ६ जनाकोे टिमले रेग्मीको फेको प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ ।

कोशी अस्पतालमा आँखा रोगसम्बन्धी सम्पूर्ण उपचार हुने मेसु डा. रविराज सिंहले बताए । अत्याधुनिक उपकरणहरुबाट विशेषज्ञ चिकित्सकको टिमले कोशी अस्पतालमा आँखा सम्बन्धी रोगको सफल उपचार सुरु भएको उनले बताए । कोशीमा अहिले मोतियाबिन्दु, आँखामा मासु पलाएकोलागयतका रोगको शल्यक्रिया हुने गरेको छ । कोशी अस्पतालको आँखा विभागको ओपीडिमा दैनिक २५ देखि ३० जना विरामी आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्