भन्सारबाट आएको छैन, विराटनगरको बजारमा कहाँबाट आउँछ प्रतिबन्धित मसला

<span class='c1'>भन्सारबाट आएको छैन, विराटनगरको बजारमा</span> <span class='c2'>कहाँबाट आउँछ प्रतिबन्धित मसला</span>

इन्दु साह
विराटनगर । विराटनगरका किराना पसलहरुमा भारतमा उत्पादन भएका तरकारी मसलाहरु पाइन्छ । जुन मसला केहि महिना अगाडी आयातमै प्रतिबन्ध लगाइको थियो ।

भारतको एमडीएच र एभरेष्ट ब्राण्डका मसला प्रतिबन्धपछि विराटनगर भन्सार कार्यालयबाट भित्रिएको छैन । तर, बजारमा जताततै छ ।
खान अयोग्य भएको भन्दै यी मसलाहरु विश्व बजारबाट समेत फिर्ता पठाइएको थियो । नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो । यसैगरी मसलाको विज्ञापन समेत नगर्न विज्ञापन बोर्डले परिपत्र गरेको थियो ।
भन्सार कार्यालयका सुचना अधिकारी पर्शुराम दाहालले प्रतिबन्धित मसला कानुनी रुपमा आयात नखुलेको बताएका छन् । उनले विराटनगर भन्सार कार्यालयबाट आयात पनि नभएको दावी गरेका छन् । ‘यहाँबाट छैन बिरगञ्ज भन्सारबाट आईरहेको छ की’ प्रतिबन्ध खुले नखुलेको जानकारी पनि छैन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतका एमडीएच र एभरेस्ट ब्राण्डका साम्बर मसला, करी पाउडर र फिश करी मसलाको आयातमा रोक लगाउन पत्राचार गरेको थियो । विभागको मातहतको कार्यालय विराटनगरका प्रमुख विजय खनालले भने आयात प्रतिबन्ध हटिसकेको दावी गरेपनि उनले यकिन भन्न सकेनन् ।

नेपालले आयात अनुमति रोक्न पत्राचार गरेका मसलाहरूमा एमडीएचबाट उत्पादित तीन प्रकारका मसला र एभरेस्टबाट उत्पादित एउटा मसला छन् । विभिन्न परिकारका तरकारीमा स्वाद बढाउन प्रयोग गरिने एमडीएचको साम्बर मसला, तरकारीमा प्रयोग हुने मद्रास करी पाउडर र करी पाउडर मिक्स मसला हुन् ।

यि मसलाहरुमा सिङ्गापुर र हङ्कङले पनि रोक लगाएको थियो । मसलामा एथलीन अक्साइड नामक क्यान्सर गराउन सक्ने रासायनिक पदार्थ ठूलो मात्रामा पाइएको भन्दै आफ्नो देशमा बिक्रीमा रोक लगाएको थियाो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्