वर्षामा पोखरी बन्छन् विराटनगरका सामुदायिक विद्यालय परिसर

<span class='c1'>वर्षामा पोखरी बन्छन् विराटनगरका</span> <span class='c2'>सामुदायिक विद्यालय परिसर</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिका–१६ को मिल्स माध्यमिक विद्यालयको संरचना जीर्ण छ। पुरानो भएका कारण पानी चुहिएर वर्षात्मा कक्षा कोठामा बस्नै समस्या पर्छ ।

विद्यालयका प्रिन्सिपल विष्णुकुमार लावतीका अनुसार कक्षा कोठामा पानी चुहिने र परिसरमा पानी जम्ने समस्याले पठनपाठन मै असर गरिरहेको छ । २००७ सालमा स्थापना भएको मिल्समा कक्षा १–१२ मा एक हजार दुई सय जना विद्यार्थी छन् । प्रिन्सिपल लावतीका अनुसार पुरानो संरचनाले वर्षात्को समय कहिले सकिन्छ पार्ने गरेको छ ।

यसैगरी विराटनगर २ शंकरपुरको जनता नमुना मा.वि मा समेत यस्तै समस्या रहेको छ । जनता माध्यमिक विद्यालयका प्रध्यानाध्यापक ईश्वर प्रसाद घिमिरेका अनुसार परिसरमा जमेको पानी कक्षा कोठामा समेत पस्ने गरेको छ । जसले गर्दा पठनपाठन असहज भई हाल्छ । विराटनगर–७ को आदर्श बालिका विद्यालयको समेत त्यस्तै बिजोग रहेको छ । भूकम्पले क्षतिग्रस्त बनाएको संरचना, त्यहि माथि पनि विद्यालय परिसर राम्रो छैन।

विराटनगरमा सामुदायिकस्तरका ७५ विद्यालय रहेका छन् । कहिं न कहिं वर्षात्को समयमा विद्यार्थीलाई असर परिरहेको प्रअहरु नै बताउँछन् । पानी जमेको बाटो कटेर समेत विद्यार्थीहरु विद्यालय जान सक्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्