दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशीलाई

<span class='c1'>दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला</span> <span class='c2'>भलिबल प्रतियोगिताको उपाधि कोशीलाई</span>

विराटनगर । कोशी प्रदेशको टोलीले दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

बिहिबार विराटनगरको पुरानो गुद्रीमा सम्पन्न उपाधि भीडन्तमा सुदूरपश्चिम प्रदेशलाई २–३ को रोमाञ्चक सेटमा हराउँदै कोशीले उपाधि जितेको हो।

उपाधि हात पार्ने क्रममा कोशीले पहिलो, दोस्रो र पाँचौं सेट आफ्नो पक्षमा पारेको थियो । कोशीले पहिलो सेटमा सुदूरपश्चिमलाई २५–२३, दोस्रो सेटमा २५–१८ र पाँचौ सेटमा १५–१३ ले पराजित गरेको थियो । त्यसैगरि, कोशीले तेस्रो सेट २६–२४ र चौथो सेट पनि २६–२४ ले आफ्नो पक्षमा पारेको थियो ।

उपाधि हात पारेसंगै कोशीले ३ लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ । त्यसैगरि, दोस्रो भएको सुदूरपश्चिमले १ लाख ५० हजार रुपैयाँ र ट्रफी हासिल गरेको छ । त्यसैगरी, तेस्रो स्थानमा चित्त बुझाएको मधेश प्रदेशले ७५ हजार रुपैयाँ हासिल गरेको छ ।

कुल ४ प्रदेशको सहभागितामा आयोजित मुख्यमन्त्री कपको चौथो स्थानमा रहेको बागमती प्रदेशले सान्त्वना स्वरुप ५० हजार रुपैयाँ पाएको छ। प्रतियोगितामा उत्कृष्ठ खेलाडी कोशी प्रदेशकी सुनिता खड्का, डिफेन्स मोनिका श्रेष्ठ र ब्लकर सुनिता राई भए ।

त्यसैगरी, उत्कृष्ट सटर सुदूरपश्चिमकी रेखा ठगुन्ना र सर्भर ऋतिका खडायत भइन् । मधेश प्रदेशकी नेहा चौधरी उत्कृष्ट स्पाइकर घोषित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्