विराटनगरको तीनपैनीमा जीवन विकास स्वीट्सको नयाँ शाखा

<span class='c1'>विराटनगरको तीनपैनीमा जीवन विकास</span> <span class='c2'>स्वीट्सको नयाँ शाखा</span>

विराटनगर । जीवन विकास मिल्क एण्ड स्वीट्सले विराटनगरको तीनपैनी क्षेत्रमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ।

स्थानीय ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै यो नयाँ शाखा खोलिएको कम्पनीले जनाएको छ। संस्थाका सञ्चालक विजय मण्डलका अनुसार, यस पसलमा विभिन्न प्रकारका दुग्धजन्य परिकारहरू बिक्री वितरण गरिन्छ। उनले भने, "हामी आफ्नै डेरीको दूध र घ्यूबाट उत्पादित मिठाईहरू बिक्री गर्छौं, जसले गर्दा हाम्रा उत्पादनहरूमा शुद्धता कायम रहन्छ।"

मण्डलले थप बताए, "विराटनगरवासीका लागि ताजा र शुद्ध मिठाईका परिकारहरू उपलब्ध गराउन हामी प्रतिबद्ध छौं।"

यो नयाँ शाखाले तीनपैनी क्षेत्रका बासिन्दाहरूलाई गुणस्तरीय दुग्ध उत्पादनहरू सजिलै उपलब्ध गराउने अपेक्षा गरिएको छ। जीवन विकास मिल्क एण्ड स्वीट्सको यो विस्तारले स्थानीय व्यापार र उपभोक्ताहरूलाई फाइदा पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्