विराटनगरमा छैनन् पर्याप्त संख्यामा शौचालय

<span class='c1'>विराटनगरमा छैनन् पर्याप्त</span> <span class='c2'>संख्यामा शौचालय</span>

इन्दु साह
विराटनगर । प्रदेशको राजधानी समेत भएपछि सर्वसाधारणको चाप बढ्दै गएको विराटनगरमा पर्याप्त संख्यामा सार्वजानिक शौचालय छैनन् । भएका पनि सरसफाई अभावका कारण प्रयोग गर्न असजिलो हुने अवस्थाका छन् । सजिलो भएपनि महिला, बालबालिका तथा अपाङ्गतामैत्री छैनन् ।

तीनलाख आसपास जनसंख्या रहेको विराटनगर महानगरपालिकामा शौचालयको संख्या नौवटा रहेको सरसफाई शाखाका प्रमुख पुनम दाहालले जानकारी दिए । यद्यपी यो तथ्यांक यकिन नै नभएको उनको भनाई छ । विराटनगरमा सार्वजानिक शौचालयमध्ये बजारको केन्द्रमा पर्ने ट्राफिकचौकमा छ । यो पुरानो भईसकेको छ । हाटखोला, विराटनगर बसपार्क, पञ्चमुखी चौकस्थित महानगरपालिकाको सिप्लटको माथिल्लो तलामा सार्वजानिक शौचालय छ । त्यस बाहेक विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय, रानी मिल्सएरिया, कोशी प्रयोजेक्टको हटिया लाग्ने स्थान, पुरानो गुद्री, जिल्ला प्रशासन कार्यालय र कोशी अस्पतालमा छ । सेवा प्रवाह कार्यालय जिल्ला प्रशासन र कोशी अस्पताल, बिष्णुमाया पुस्तकालयको शौचालय त्यहिं आउनेहरुले मात्रै प्रयोग गर्दछन् । विराटनगर बसपार्कको शौचालय यातायात मजदुरहरुले प्रयोग गर्ने गर्दछन् । सीप्लटको माथिल्लो तलामा रहेको शोचालय समेत आमसर्वसाधारणले प्रयोग गर्न सक्दैनन् । त्यो व्यापारीक प्रयोजन हिसाबले आसपासमा व्यापार गर्नेहरु मात्रै पुग्ने गरेका छन् ।

विराटनगरमा सर्वसाधारणले प्रयोग गर्ने शौचालयमध्ये हाटखोला, ट्राफिकचौक, कोशी प्रोजेक्टको हटिया लाइन मात्रै रहेको छ । मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग जरुरी छ । तर, शहरमा शौचालय अभाव हुँदा सरसफाई व्यवस्थापनमा गम्भीर चुनौती छ।

सवारीचालक देखि सर्वसाधरण समेतले सार्वजानिक शौचालय अभावमा खुल्लामै शौच गर्नुपर्ने बाध्यता विराटनगरमा छ । शौच गर्न नसकेपनि पिसाब फेर्ने कुरालाई कसैले कुनै लाजसँग टेरेको देखिदैन । विराटनगरका विभिन्न स्थानमा हरेक हप्ता लाग्ने हटियामा समेत शौचालयको व्यवस्था छैन । यसको प्रत्यक्ष असर सहरको सरसफाई र वातावरणमा पर्ने गरेको छ।

विगत ५ वर्षदेखि सिटी सफारी चलाउँदै आएका ४८ वर्षीय रमेश थापाले शौचालयको आवश्यक महशुस गरेको बताउँछन् । उनका अनुसार टाफिक चौक बाहेक बजार क्षेत्रमै समेत अन्य स्थानमा सार्वजानिक शौचालय नभएको बताउँछन्। छ लेन सडक छेउछाउ त झन कतै शैचालय छैन । यसरी आवश्यक स्थानमा समेत शौचालय नहुँदा यसले मानव स्वाथ्यका गम्भिर समस्या हुनसक्छ । साथै सार्वजानिक शौचालयको अभावले विभिन्न संक्रामक रोगहरू फैलन सक्ने जोखिम बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्