विराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा तथा हिसान मोरङ को सहकार्यमा सम्पन्न "केआईसी इन्टर - कलेज हाजिरीजवाफ प्रतियोगिता २०८१" शुक्रबार उद्योग संगठन मोरङको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।प्रतियोगितामा अर्किड कलेजले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भयो र रु. १६,१०० नगद, ट्रफी, मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्राप्त गर्यो। अरनिको कलेजले फस्ट रनर-अप हुँदै रु. ११,१०० नगद, ट्रफी, मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्राप्त गर्यो भने मेरील्याण्ड कलेजले सेकेन्ड रनर-अप हुँदै रु. ५,१०० नगद, ट्रफी, मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्राप्त गर्यो।प्रतियोगितामा सहभागी सबै कलेजका प्रतिनिधिहरूलाई सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि लायन बिकाश अधिकारी PMJF, गभर्नर, लायन्स जिल्ला ३२५ सी नेपाल रहनुभएको थियो। साथै, विशेष अतिथिका रूपमा लायन फडिन्द्र अधिकारी, लियो शिव शंखर मण्डल, र चुडामणि भट्टराई लगायत कार्यक्रममा उपस्थिति रहनु भएको थियो।
कार्यक्रमको अध्यक्षता लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाका अध्यक्ष लियो आर्यन बास्कोटाले गर्नुभएको थियो। भने प्रतियोगिताको क्विज मास्टर लियो मनोज तिवारी रहनुभएको थियो। कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न कार्यक्रम संयोजक लियो पवन कुमार काफ्लेको विशेष भूमिका रहेको थियो। त्यसै गरी कार्यकम सञ्चालन लियो प्रशंसा गौतम ले गर्नुभएको थियो।कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा ज्ञानको स्तर वृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमताको विकास गर्नु रहेको कार्यक्रम संयोजक लियो पवन काफ्लेले बताउनु भयो।कार्यक्रमको शीर्ष प्रायोजक केआईसी एजुकेशन तथा भिजा सर्भिसेज रहेको थियो , सास्थम कलेज विशेष प्रायोजक रहेको थियो साथै विभिन्न सहयोगी संस्थाहरूको समेत सहकार्य रहेको थियो।कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सहभागी कलेज, विद्यार्थी र संघ संस्थाहरू सबैप्रति
लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघा कृतज्ञ रहेको लियो पवन कुमार काफ्लेले बताउनुभयो।