विराटनगर । विराटनगरलाई हरियाली शहरमा रूपान्तरण गर्ने उद्देश्यले स्थानीयवासीहरूले सुरु गरेको अभियानले तीव्र गति लिएको छ। गत तीन महिनादेखि चलिरहेको यस अभियान अन्तर्गत हालसम्म ७ सय विरुवा रोपि सकिएको हो ।
स्थानीय अभियन्ता पारुल क्षेत्रीका अनुसार, यो अभियान तीन महिना अघि सुरु भएको थियो, अहिलेसम्म सात सय बिरुवा रोपिसकेका छौं । यो स्थानीयवासीको पहल र सहयोगमा सञ्चालित छ । अभियानको लक्ष्य विराटनगरको उत्तरी सीमाना ढाटदेखि दक्षिणी सीमाना रानीसम्म जम्मा ६ हजार बिरुवा रोप्ने रहेको छ। स्थानीयवासीहरूले विरुवा, संरक्षणका लागि आवश्यक बाँस, मल लगायतका सामाग्रीहरू स्वयं उपलब्ध गराउँदै आएका छन्। यो अभियानमा कुनै संस्थाको संलग्नता छैन। सबै काम स्थानीयवासीकै सहयोगमा भइरहेको क्षेत्रीले दाबी गरेका छन् ।
नागरिक स्तरबाट सुरु भएको यो अभियान निकै सह्रानीय छ। यसले शहरको वातावरण सुधारमा महत्त्वपूणर् योगदान पुर्याउनेछ । आगामी दिनहरूमा बाँकी बिरुवा रोप्ने कार्ययोजना रहेको छ। यस अभियानले विराटनगरको वातावरण सुधार गर्नुका साथै स्थानीय समुदायमा वातावरण संरक्षणप्रति जागरूकता बढाउने अपेक्षा गरिएको छ। रोपियका विरुवाहरुको संरक्षण समेत स्थानियलेनै गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तो किसिमको कार्यक्रमले स्थानीयमा विरुवा रोप्ने मात्रै नभएर हुर्काउन संरक्षण गर्नुपर्छ भन्ने बानिको विकास गराउने विश्वास राखिएको छ । अम्बा, अशोक, अमला, शिरीसको फुल लगायतका विरुवा रोपिदै छन् । बरगाछी भृकुटी चौक, रोडशेष चौक दक्षिण मुख्यमन्त्रिको कार्यलय छेउ लगायतका स्थानमा विरुवा रोपिसकिएको छ । हरेक दिन साँझ ५ बजे देखि विरुवा रोप्दै आएका छन् ।