विराटनगर हाटखोलामा फुटपाथ विस्तार, छैन हिड्ने ठाउँ

<span class='c1'>विराटनगर हाटखोलामा फुटपाथ विस्तार,</span> <span class='c2'>छैन हिड्ने ठाउँ</span>

इशु पन्त
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ७ र ८ को सीमामा पर्ने हाटखोला क्षेत्रको सडक सधैं अस्तव्यस्त हुन्छ । हाटखोला क्षेत्रमा फुटपाथ विस्तार भएपनि व्यापारीले पार्किङदेखि सामान राख्नेसम्म गरेर अतिक्रमण गरेपछि पैदल यात्रुहरूले सडक प्रयोग गर्नुपर्ने अवस्था रहेको हो ।

हाटखोलादेखि सरस्वतीटोल जाने पीपलको रुखसम्मको ६०० मिटर दुरीमा विराटनगर–७ ले रेलिङ लगाउने काम गरिरहेको छ । आधा दुरीमा रेलिङ लगाईसकेको वडाले बाँकी क्षेत्रमा आगामी असोजसम्ममा काम सक्ने दावी गरेको छ । स्थानीय नागरिकहरू फुटपाथ अव्यवस्थित हुँदा समस्यामा परेको बताउँछन् । फुटपाथ साइड क्लियर गरिएपनि व्यापारीहरूले सामान राख्दिने, भएको ठाउँमा समेत बिद्युतका पोलले समस्या पार्ने गरेको छ ।

यसैगरी नालामा स्लाप नहुँदा सहज हिँडडुलमा समस्या परेको छ । नाला क्षेत्रमा झाडी समेत सफा गरिएको छैन । स्थानीयले रातको समयमा यहाँ हिँडडुलमा दुर्घटना हुनसक्ने जोखिम रहेको बताउँछन् । वडा कार्यालयले विद्यार्थीका लागि सहज होस् भन्ने हिसाबले पनि फुटपाथ क्लियर गर्दै रेलिङ लगाएको भनिएपनि अन्य अवरोधले आउजाउमा समस्या हुने गरेको बताइन्छ । व्यस्त सडक भएको कारण दुर्घटना न्यूनीकरणको मध्यनजर गरेर फुटपाथ बनाएको विराटनगरमहानगर–७ का वडा अध्यक्ष्य मधुबाबु तिवारी बताउँछन् ।

स्थानीय दिलीप थापाले फुटपाथ जस्तो संवेदनशील क्षेत्रलाई बिना योजना बनाउन नहुने बताए । उनले अहिले बनाइएको फुटपाथ आवश्यकता धान्ने भन्दा पनि खर्च गर्ने हिसाबले मात्रै बनेको आरोप लगाए । उनले फुटपाथ क्लियर भएपछि पैदययात्रु हिडनुपर्ने भएपनि उनीहरुले सडकबाटै सहज मानिरहेको बताए । स्थानीय मोहम्मद आमिमले फुटपाथको क्षेत्र सबैतिर समान हुनुपर्ने सुझाव दिएका छन् । फुटपाथ ओगटेर बिद्युतका पोल गाडिएको भएपनि यसलाई हटाउन सहज नभएको अध्यक्ष तिवारी बताउँछन् । उनका अनुसार एउटा विद्युतको पोल उखलेर सार्ने वा व्यवस्थापन गर्नका लागि ३५ हजार रुपैँया लाग्ने बताए । त्यस बाहेक फुटपाथको क्षेत्र खाली गराउन सबैसँग आग्रह गरिएको उनले बताए ।

नेपालको सडक सुरक्षा ऐन, २०५६ अनुसार फुटपाथको प्रयोगमा कुनै पनि व्यक्ति वा संस्थाले व्यक्तिगत सामान राख्न वा सवारी साधन पार्क गर्न पाइँदैन।स्थानीय तहले फुटपाथको नियमित रखरखाव र सफाइ गर्नुपर्नेछ। कुनै पनि अवरोध पत्ता लागेमा त्यसलाई तुरुन्तै हटाउन स्थानीय तह जिम्मेवार हुनेछ। तर देखासिखीको लागि मात्रै फुटपाथ निर्माण गरेको देखिएको छ। साथै, फुटपाथको दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिनुपर्ने माग पनि नागरिकहरूले गरेका छन् । सम्बन्धित सबै पक्षहरूले मिलेर फुटपाथलाई सुरक्षित र सहज बनाउने प्रयास गरे मात्र यो समस्या समाधान हुनसक्छ। तर सम्बन्धी प्रतिनिधिहरू आधा अपुरो काम गरेर आन्नदले बसिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्