विराटनगरमा छैन साउने व्यापारको रौनक

<span class='c1'>विराटनगरमा छैन साउने</span> <span class='c2'>व्यापारको रौनक</span>

विराटनगर । साउन महिनामा महिलाहरूले भगवान् शिवको विशेष आराधना गर्छन् । सनातन हिन्दू परम्पराअनुसार पाँचवटा सोमबार परेको साउन महिनाभर हरियो तथा रातो सौभाग्यका सामग्री लगाएर भगवान् शिवको पूजासहित व्रत बस्दा सौभाग्य प्राप्त हुन्छ भन्ने विश्वास छ । सोमबारको व्रत बस्दा अविवाहिताहरूले असल र सुन्दर पति पाउने र विवाहिताहरूले श्रीमान्को दीर्घायु तथा खुसीका साथै मनले चिताएको कुरा पुग्ने जनविश्वास रहिआएको छ । सोमबार व्रत बस्दा विद्या, व्यापार एवम् खेतीपाती सप्रने विश्वास पनि गरिन्छ ।

साउन महिना नै शिवलाई बढी प्रिय लाग्नुको कारण यो महिनामा अधिक वर्षा हुन्छ, जसले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्छ। यो महिनामा प्रकृतिले नै रुद्रीभिषेक गर्छ भन्ने भनाई पनि छ। शिव पुराणअनुसार शिव स्वयं जल हुन्।

महिलाहरुले हरियो, रातो र पहेँलो रंगका चुरापोते लगाउने महिना साउनमा यस पटक भने खासै व्यापार नभएको बताइन्छ । ग्राहकहरुले अघिल्ला वर्ष झैं यो वर्ष चुरा, पोते र साडीप्रति आकर्षण नदेखाएको व्यापारीहरुको भनाई छ । चुरा, पोते लगायतका श्रृंगारका लागि आवश्यक सामाग्री पाईने पुरानो गुद्री बजार हो । जहाँ महिलाहरुले दैनिक सामाग्री खरिद समेत गर्दछन् । व्यापारीहरुले भने यस पटक व्यापार नै कम भएको बताएका छन् ।

विगत ३० वर्षदेखि चुरा, पोतेको व्यापार गर्दै आएका ५५ वर्षिय प्रकास साह भन्छन् यस पटकको व्यापारले निरास बनाएको छ । अन्य समय भन्दा यस पटक ब्यापार हुनुपर्ने हो, तर एक महिना अघिबाट ल्याएर पसलमा राखेको सामग्री बिक्री भएन । विगतक वर्षमा बरु राहत हुने गरी व्यापार भएको उनको भनाई छ । यस्तै गुद्रिका ४४ वर्षीय ब्यापारी राजेश साह समेत ग्राहक नआउदा व्यापार न्यून भएको बताउँछन् । उनले विगत १५ वर्षदेखि श्रृंगारका सामाग्रीको व्यापार गर्दै आएक छन् । यसवर्ष साउन महिना लागिसक्दा समेत ग्राहक सामाग्री खरीदकालागि महिलाहरु नआउनुको कारण महंगी पनि हुनसक्ने बताए । विराटनगरमा शिवजीको विभिन्न स्थानमा मन्दिर छ । साउन महिनाको प्रत्येक सोमबार शिव मन्दिरमा भीडभाड लाग्छ । तर, यो वर्ष साउनमा चार सोमबार मात्रै छन् । पाँच सोमबार परेको वर्ष जति साउनमा व्रत बस्ने क्रम न्यून हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्