विराटनगर महानगरले खरिद गरेको मोटरबोटको सफल परीक्षण

<span class='c1'>विराटनगर महानगरले खरिद गरेको</span> <span class='c2'>मोटरबोटको सफल परीक्षण</span>

विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ ।

बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७४ हजार रुपैयाँमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई मोटरबोटमा राखेर नगर प्रहरीले परीक्षण गरेको थियो । वर्षाको समयमा बाढी र डुबानमा फसेका नागरिकलाई उद्धारमा सहज हुने मेयर नागेश कोइरालाले बताउनुभयो । उहाँका अनुसार इन्जिन जडान नगरिकन पनि बोटलाई सञ्चालनमा ल्याउन सकिन्छ ।

विराटनगरको पूर्वमा सिघिया र पश्चिममा केसलिया नदी भएका कारण स्थानीयले हरेक वर्ष बाढी र डुबानको समस्या झेल्दै आएका छन् । महानगरसित यसअघि रबरबोट मात्रै रहेको थियो । मोटरबोट खरिद गरिएसँगै बाढी र डुबानमा फसेका महानगरवासीलाई तत्कालै उद्धार गर्न सजिलो भएको मेयर कोइराला भनाइ थियो । यसअघि बाढीमा फसेका नागरिकलाई उद्धारका लागि सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकायबाट मोटरबोट मगाउनुपर्ने बाध्यता थियो ।

परीक्षणपछि उपमेयर शिल्पा निराला कार्कीले बाढीको विपदमा परेका नागरिकलाई तत्कालै उद्धार गर्न सहज होस् भनेर मोटरबोट खरिद गरिएको बताउनुभयो । उहाँले महानगरले आवश्यक महसुस गरेर खरिद गरेको उहाँको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले काठमाडौंबाट खरिद गरेर ल्याइएको मोटरबोटको परीक्षण सफल भएको प्रतिक्रिया दिनुभयो । नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार खरिद गरेको कम्पनीले नगर प्रहरीलाई सञ्चालनको सम्पूर्ण जानकारी दिनेछ । त्यसपछि नगर प्रहरीले मोटरबोट आफैं जडान गर्ने र सञ्चालन गर्ने पौडेलले जानकारी दिनुभयो । नगर प्रहरीका ५ जनाले बाढी र डुबानमा परेका नागरिकको मोटरबोटबाट उद्धार गर्न विशेष तालिम समेत लिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्