विराटनगर । विराटनगर भन्सारले लक्ष्य भन्दा २० अर्ब न्यून राजस्व असुली गरेको छ । ५० अर्ब ८१ करोड ६३ लाखको लक्ष्यमा ४० प्रतिशत न्यून अर्थात ३० अर्ब ३४ करोड ११ लाख मात्रै संकलन गरेको हो ।
आर्थिक वर्ष २०८०÷२०८१ का लागि ५० अर्ब ८१ करोड ६३ लाखको लक्ष्य थियो । जसमा ५९.७१ प्रतिशत मात्र असुली गरेको कार्यालयका सूचना अधिकारी परशुराम दाहालले जानकारी दिए ।
यसैगरी काँकडभिट्टा भन्सारले समेत १८ अर्ब २५ करोड ७८ लाख ६८ हजारको लक्ष्यमा १४ अर्ब २३ करोड १३ लाख ८४ हजार मात्रै संकलन गरेको छ। यो लक्ष्यको १८ प्रतिशत न्यून हो ।