कानको मुन्द्री तान्न नदिदाँ बालकमाथि कुटपिट, घाइतेको मृत्युपछि संलग्न पक्राउ

<span class='c1'>कानको मुन्द्री तान्न नदिदाँ बालकमाथि</span> <span class='c2'>कुटपिट, घाइतेको मृत्युपछि संलग्न पक्राउ</span>

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का ४५ बर्षीय विर बहादुर बिश्वकर्मा ६ वर्षीय बालकको हत्या आरोपमा पक्राउ परेका छन् । मदिरा सेवन गरेर ६ बर्षीय बालकको कानको मुन्द्री तान्न खोज्दा इन्कार गरेपछि बालकमाथि कुटपिट गरेर घाईते बताएका थिए ।

मंगलबार दिउँसो घाईते बालकको उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । बराहक्षेत्र–३ का बिक्रम बि.क.का ६ बर्षीय छोरा अबि बि.क.को मृत्यु भएपछि विरबहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।

मदिराको लतमा बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने क्रममा इन्कार गरिएको भन्दै शरिरको बिभिन्न भागमा कुटपिट गरी घाईते बनाएका थिए । घाईते बालकको बिपि कोईला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।

पक्राउ परेका बि.क.को इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आवश्यक अनुसन्धान तथा कानुनि कारवाही भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले पठाएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्