विराटनगरमा प्रधानमन्त्री पार्कको ६० प्रतिशत भौतिक कार्य

<span class='c1'>विराटनगरमा प्रधानमन्त्री पार्कको ६०</span> <span class='c2'>प्रतिशत भौतिक कार्य</span>

इन्दु साह
विराटनगर। विराटनगरमा प्रधानमन्त्री पार्क निर्माणाधीन अवस्थामा छ। बहुवर्षीय योजना अन्तर्गत निर्माणमा रहेको पार्क अहिले ६० प्रतिशत भौतिक प्रगति देखिएको छ । यो पार्क विराटनगर २ र ७ को सिमाना मा रहेको छ ।

मोरङ जिल्लाबाट प्रधानमन्त्री भएकाहरूको सम्झनामा यो पार्क निर्माण गरिँदैछ। मोरङ जिल्लाबाट जम्मा ७ जना व्यक्तिहरु यो देशको प्रधानमन्त्री भएका थिए। दिवंगत उनीहरुको नाममा विराटनगर महानगरपालिकाले पार्क निर्माण कार्य अगाडी बढाएको हो ।

निर्माण भइरहेका संरचनाहरूमा प्रवेशद्वार, पिङ, बोटिङ, टिकट काउन्टर, शौचालय, पिकनिक स्पोर्ट लगायतका अन्य विभिन्न संरचनाहरू छन् । यस पार्कको क्षेत्रफल लगभग डेढ किलोमिटर रहेको छ। महानगरपालिकाका इन्जिनियर सुजन श्रेष्ठका अनुसार ६० प्रतिशत भौतिक संरचना निर्माण भइसक्दा निर्माण व्यवसायीलाई भने ६ करोड रकम भुक्तानी गरिएको छ।

खुश्बू निर्माण सेवा कम्पनीले २०७९ सालमा यो योजना निर्माण सम्झौता गरेको थियो । उक्त निर्माण व्यवसायीले भ्याटसहित १७ करोड लागतमा महानगरपालिकासँग सम्झौता गरेको हो। २०७९ सालमा सम्झौता भएको उक्तको निर्माण कार्य २०८२ सालसम्ममा सम्पन्न गरिसक्नु पर्नेछ। महानगरपालिकाले विराटनगरमा आएका व्यक्तिहरुलाई घुम्न जाने स्थानको रुपमा यसलाई अगाडी बढाएको हो ।

महानगरापालिकाकै ठूलो योजनाको रुपमा यसलाई अगाडी बढाइएको छ । यो पर्यटकीय पूर्वाधारको रुपमा समेत हेरिएको छ । इन्जिनियर श्रेष्ठका अनुसार वर्षात्का कारण ठेकेदारले काम रोकेको भएपनि घाम लाग्ने अवस्था रहिरहे पुनः सुचारु हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्