शिक्षादीप कलेजमा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

<span class='c1'>शिक्षादीप कलेजमा विज्ञान संकायमा</span> <span class='c2'>भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण</span>

विराटनगर । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले १७ औँ व्याचका कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरुलाई लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।

अभिमुखीकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले एसईइ उत्तीर्ण गर्नुअघि देखिनै शिक्षादीप कलेज आफ्नो रोजाईमा परिसकेको बताएका छन् ।

गुणस्तरिय शिक्षा र राम्रो व्यवस्थापनमा सञ्चालन भएको शिक्षादीप कलेज काठमाडौं बाहिरको उत्कृष्ट कलेज भएको उनीहरुले बताएका छन् । विद्यार्थी सिरिन भट्टराईले शिक्षादीप कलेजले गुणस्तरीय शिक्षा दिने र शिक्षकहरु पनि उच्च शैक्षिक योग्यताको भएको बताईन । बुढानिलकण्ठ स्कुल विराटनगरबाट ४ जिपीए ल्याएकी उनले शिक्षादीप सुविधा सम्पन्न कलेज भएको बताईन । गौरीगञ्ज, झापाबाट आएका समीर डोटेलले शिक्षादीप पूर्वक्षेत्रकै उत्कृष्ट कलेज भएको बताए । सुनसरी इटहरीकी खुश्वु ढकाल, विराटनगरका प्रतिक भट्टराई, संखुवासभा खाँदबारीका सरगम लोहारले शिक्षादीप आफ्नो रोजाईको कलेज भएको बताए । उनीहरुले आफ्नो भविष्य शिक्षादीपबाट बन्ने समेत आशा व्यक्त गरेका थिए।

कलेजका अध्यक्ष तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले शिक्षादीप भविष्य निर्माण गर्ने कलेज भएको बताए । नेपालमै सवैभन्दा बढी फ्याकल्टी भएको कलेज शिक्षादीप भएकाले राम्रोसँग अध्ययन गर्न विद्यार्थीलाई आग्रह गरे । कलेजका प्रिन्सीपल ज्ञानबहादुर खड्काले कलेजको औपचारिक शिक्षाका बारेमा बताउन विद्यार्थीलाई निरन्तर अभिमुखीकरण गर्दै आईरहेको बताए । कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सफलतामा कलेज केन्द्रीत भएको उनले बताए । शिक्षादीप कलेज व्यापार भन्दा सेवामा बढी केन्द्रीत भएकाले हरेक वर्ष सफलता मिल्दै गएको उनले बताए ।

विद्यार्थीहरुलाई २ वर्षसम्म मोबाइल तथा सामाजिक सञ्जाल जस्ता कुरामा धेरै व्यस्त नभई पढाईमा ध्यान दिन १७ औँ व्याचका विद्यार्थीहरुलाई आग्रह गरे । अभिमुखीकरण कार्यक्रममा काठमाडौंबाट आएका मोटिभेसनल डा.मिलन गैरले विद्यार्थीहरुलाई प्रेरणादाय मोटिभेसनल कुराहरु प्रदान गरेका थिए।

उनले सफलता हात पार्नका लागि विद्यार्थीले धेरै सघर्ष र मेहनत लगायतका बारेमा के कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रेरणदायी कुराहरु विद्यार्थीहरुलाई बुझाएका थिए। कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कलेजका चिफ डाइरेक्टर रमेशकुमार मण्डल, शैलेन्द्र शिवाकोटी, व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराई, प्रशासन प्रमुख भूपी दाहाल, कलेजका शिक्षकहरु, अभिभावक लगायत विभिन्न सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कक्षा ११ को विज्ञान संकायमा २ हजार बढी विद्यार्थीले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये ९४५ विद्यार्थीलाई भर्ना लिईएको कलेजले जनाएको छ । शिक्षादिप कलेजमा सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती शिक्षक, शिक्षिकाहरूबाट पठनपाठन हुने गरेको कारण ०६५ सालदेखि शिक्षादीपले निरन्तर सफलताको उचाई बढाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्