विराटनगरका सामुदायिक विद्यालय अनुगमनका लागि टोली परिचालन

<span class='c1'>विराटनगरका सामुदायिक विद्यालय अनुगमनका</span> <span class='c2'>लागि टोली परिचालन</span>

विराटनगर । विराटनगरका सामुदायिक विद्यालयकोे अनुगमन गर्नका लागि महानगरपालिकाले टोल गठन गरेर अनुगमनमा परिचालन गरिएको छ । विद्यालयको गुणस्तर वृद्धिका लागि टोली नै गठन गरेर अनुगमनलाई तीव्रता दिइने भएको हो ।

मेयर नागेश कोइराला अध्यक्ष रहेको शिक्षा समितिबाट गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयहरूको अनुगमन गर्न सुरु गरेको छ । टोलीले बुधबारदेखि अनुगमन सुरु गरेको थियो । बुधबार र बिहीबार दुई दिनमा टोलीले विराट महेन्द्र रात्रि मावि, जनता नमुना मावि, सत्यनारायण आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, दिघी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालय खोक्साहा गरी ६ वटा विद्यालयको अनुगमन गरेको थियो ।

समितिले टोलीलाई समग्र सामुदायिक विद्यालयको भौतिक अवस्था तथा शैक्षिक गुणस्तरका बारेमा अध्ययन विश्लेषण गर्ने, विद्यालय सुधारका उपाय पहिल्याउने, सिकाई उपलब्धि बढाउनका लागि आवश्यकताका आधारमा विज्ञसमेत परिचालन गर्नेलगायतका कार्यदेश दिइएको छ । अनुगमनका क्रममा टोलीले सञ्चालन भइरहेको प्रथम त्रैमासिक परीक्षाको समेत अनुगमन गरेको थियो ।

यस क्रममा टोलीले भर्ना भएका विद्यार्थी संख्या र परीक्षा दिने विद्यार्थी संख्याको विश्लेषण, पठनसीप क्षमताको परीक्षण पनि गरेको थियो । विद्यालय सञ्चालन व्यवस्थापनमा देखिएका समस्याका विषयमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीसित छलफलसमेत गरेको अनुगमन समितिका सदस्यसचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । शिक्षा समितिका सदस्य रमानाथ भट्टराईको संयोजकत्वको टोलीमा शिक्षा समितिका सदस्य त्रिलोक न्यौपाने, सावित्री पराजुली, सन्तोष पोखरेल र सदस्यसचिव कृष्ण भट्टराई रहनुभएको छ ।

अनुगमनलाई निरन्तर जारी राख्ने टोलीका संयोजक रमानाथ भट्टराईले बताउनुभयो । आफूहरू निर्वाचित भएर आएदेखि नै शिक्षाको गुणस्तर वृद्धिमा विशेष ध्यान दिएर योजनाबद्ध रुपमा कार्य गरिरहेको मेयर नागेश कोइराला बताउनुहुन्छ । शिक्षाको गुणस्तर वृद्धि बिना अन्य क्षेत्रको विकास नहुने उहाँको भनाइ छ । गुणस्तर वृद्धि गर्ने उद्देश्यले महानगरले सबै प्रअहरूसित कार्यसम्पादन करार सम्झौतासमेत गरेको थियो । अनुगमनका क्रममा पठनपाठनमा लापरबाही गरेको भेटिएमा कारबाही गर्नेसम्मको अधिकार अनुगमन टोलीलाई दिएको मेयर कोइरालाले प्रस्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्