विराटनगरको अरनिको कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

<span class='c1'>विराटनगरको अरनिको कलेजमा भर्ना</span> <span class='c2'>भएका विद्यार्थीलाई अभिमुखिकरण</span>

विराटनगर । विराटनगर-१० स्थित अरनिको कलेज कक्षा ११ मा भर्ना भएको २६ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।

अभिमुखीकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका एक हजार १ सय ५१ जना विद्यार्थीलाई आज कलेजमा अभिमुखीकरण कार्यक्रम गरेको हो।

गुणस्तरिय शिक्षा र राम्रो व्यवस्थापनमा सञ्चालन भएको कलेज काठमाडौं बाहिरको उत्कृष्ट कलेज भएको कलेजले जनाएको छ । कार्यक्रममा कलेजले लिएको कक्षा ११ को तेस्रो त्रैमासिक परीक्षा, कक्षा ११ मा भर्ना लिएको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ भने एसईइमा ४ जिपिए ल्याउने अन्वेशा बस्नेत, गृष्मा लुइटेल, प्रतिभा रौनियार, सुत्र्रत बराल, कृतज्ञ दाहाल र अजय लिम्बूलाई समेत सम्मान गरिएको छ ।

अभिमुखिकरण कार्यक्रममा मोटीभेशन रमन भट्टराई,कलेजका अध्यक्ष लक्ष्मि अधिकारी, कलेजका प्रिन्सिपल राजेश कार्की, एस्पायर कलेजका प्रिन्सिपल सिएम बस्नेत, कलेजका सञ्चालक उमेन्द्र विलास लुइटेल,कार्यक्रम संयोजक विकाश खनाल र सञ्चालक भरतराज दाहाललगायतले नयाँ भर्ना भएका विद्यार्थीलाई उज्वल भविष्य निर्माण गर्ने कलेज अरनिको रहेको बताउँदै शुभकामना दिए ।

प्रिन्सिपल कार्कीले राम्रोसँग अध्ययन गर्न विद्यार्थीलाई आग्रह समेत गरे । अरनिकोले गुणस्तरमा सम्झौता नगर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कलेजमा भर्ना भएका विद्यार्थीले गौरव महसुस गर्ने वातावरण आफुहरुले तयार गर्ने उनले बताए । कलेजमा विज्ञान संकाय, होटेल म्यानेजमेन्ट र व्यवस्थापन संकायमा अध्यापन भइरहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्