विराटनगरमा एक महिलामाथि घरेलु हिंसा हुँदा न बस्ने ठाउँ, न त छोरी पढ्ने विद्यालय

<span class='c1'>विराटनगरमा एक महिलामाथि घरेलु हिंसा हुँदा न</span> <span class='c2'>बस्ने ठाउँ, न त छोरी पढ्ने विद्यालय</span>

देवराज तामाङ
विराटनगर । मोरङको धनपालथान–२ का श्यामप्रसाद साहले २०७३ साल २ महिना ८ गते भारतको उत्तर प्रदेशकी सुनिता साहलाई जीवन संगिनी बनाएर भित्र्याए ।

विवाह गर्दा परिवारका सदस्यबीच कुराकानी भएन । साधी डटकम भन्ने म्याट्रीमोनियल साइडबाट सुनिता र श्यामबीच सम्पर्क भयो र मामाघरबाट बन्धन जोडियो । तर, विवाह गरेर भित्र्एकी सुनिताका लागि त्यहि साधी डटकम भन्ने साइड भड्खालो बन्यो ।

धनपालथानका चल्तापूर्जा साह परिवारले सुनितामाथि लगातार दवाव बढाउँदै लैजान थाले । यतिसम्मकी श्यामले विवाह गरेर ल्याएको पहिलो वर्षमै सुनिताको गर्भमा बसेको बच्चा जन्मन रोके । दोस्रो बच्चा हुँदे तेस्रोसम्म पनि श्यामकै दवावमा एभर्सन गर्नुपर्ने स्थिति सुनिताले सहिन् । बारम्बार श्रीमान् र उनका परिवारका सदस्यबाट ‘टर्चर’ सहनु परेपछि सुनिताले २०७७ मंसिर २ गते जिल्ला प्रहरी कार्यालय मोरङको शरण लिइन् ।

मरणासन्न हुनेगरी श्याम र उनकी भाउजु बिनाले सुनितालाई मारपीट गरेका थिए । प्रहरी कार्यालयबाट घाउजाँच गराइन् । केस मिलापत्रमा सकियो । ‘विवाह गर्न साधी डटकमको सहारा लिएका श्रीमान्ले मारपीट गर्न भाभी डटकमको सहारा लिए’ सुनिताले शुक्रबार पत्रकार सम्मेलनमा भनिन्–मेरो त हत्या हुन लाग्दा फुत्किएर भागेको थिएँ । उनको दावी अनुसार श्याम साह योजनामै उनलाई फाँसी लगाउन खोजेका थिए, तर उनी घरको माथिल्लो तलाबाट अर्को घरमा फाल मारेर जोगिएकी थिइन् ।

पीडा सहँदै कुटाई खाँदै आएकी सुनिताबाट छोरी जन्मियो । उनी अहिले छ वर्षकी भइन् । श्याम साहसहित परिवार धनपालथानको खरयबोना नाकाबाट अवैध आयात–निर्यातको कारोबार चलाउँदै आएको छ । खयरबोना नाकाबाट चल्ने सबैभन्दा ठूलो तस्करीको लाइन श्यामका दाई नारायणका छोरा बिनोद साह (छेरुवा) भन्नेले सञ्चालन गर्ने गर्दछन् । पछिल्लो समय गाँजाको कारोबारमा समेत उनीहरुको संलग्नता रहेको आरोप सुनिताको छ ।

श्यामले विराटनगरमा सम्राट रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । त्यस बाहेक विराटनगर प्रोफेसनल इन्ष्टिच्यूट समेत रहेको छ । उनी आफूलाई डाक्टर समेत भन्छन् । उनको मारपीटले थलिएकी सुनिताले २०८० चैत ६ गते समेत जिल्ला प्रहरी कार्यालय मोरङसँग न्यायको लागि सहारा मागेकी छिन् । तर, त्यसबेला श्यामलाई प्रहरीले नियन्त्रणमा लियो । दुव्र्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट छुटे । श्यामका घरपरिवारले भेला भएर मिलापत्रमा केस डिसमिस पारेका थिए । बारम्बार प्रहरी, गैरसरकारी संस्था र विराटनगर महानगरपालिकाको शरणमा पुगेकी सुनिताको ज्यान थङथिलो भईसकेको छ तर न्याय पाउने आसा छैन ।

पछिल्लो घटनापछि उनी विराटनगर महानगरपालिकामार्फत न्यायलयमा पुगेकी छिन् । चार महिनायता श्याम र सुनिताबीचको सम्बन्ध वैधानिक रुपमा छुट्ने प्रक्रिया अदालतमा विचराधीन रहेको छ । विराटनगर–११ जनपथमा घर खरिद गरेका श्यामले सुनिता र छोरीको दैनिक जीविकोपार्जनका लागि दिनुपर्ने रकम दिएका छैनन् । छोरी विराटनगरको बिकेभिएम पढ्दै आएकी थिइन् । विद्यालयको शुल्क बुझाउन नसक्दा उनी नयाँ भर्ना हुन पाइनन् ।
सुनिताले नेपाली नागरिकता बनाएकी छिन् । तर, छोरीको जन्मदर्ता छैन । २०७७ सालमा प्रहरीको शरणमा पुगेपछि सुनिता र श्यामबीचको विवाह वैधानिकता पाएको थियो । विवाह दर्ता गर्ने शर्तमा मिलापत्र भएका कारण श्यामले स्वीकार गरेका थिए । सुनिताका अनुसार जति पटक प्रहरीको शरणमा पुगेपनि उनी निस्कनु अगाडी नै श्याम र परिवारका सदस्यलाई प्रहरीमार्फत फोन पुग्ने गरेको छ । कारण, धनपालथानबाट हुने अवैध कारोबारमा जोडिएको परिवारसँग प्रहरीको भित्री सेटिङ मिलिहाल्ने गरेको छ । प्रहरीले उनलाई वास्ता नगर्ने र केस मिलापत्रतर्फ जाने गरेको छ ।

‘मलाई हत्या गर्नेसम्म योजना बनाएर मारपीट गर्दा समेत जीउज्यानको सुरक्षा भएन, अब अदालतको सहारामा पुगेको छु, न्याय पाउन सक्छु की सक्दिन थाहा छैन’ सुनिताले शुक्रबार पत्रकार सम्मेलनमा आँसु छछल्काउँदै भनिन्–भारतीय नागरिक भएर होला सहारा दिने कोहि भएन । उनका अनुसार श्याम साहले धेरैसँग मिटरब्याज कारोबार गरेका छन् । उनले आफ्नो सम्पति समेत परिवारका अन्य सदस्यको नाममा नामसारी गरिसकेका छन् ।
पहुँचवालामाथि लगानी गर्दछन् श्याम
पीडित सुनिताका अनुसार श्यामले सधैं घरमा हप्काउँदा ‘मलाई केहि गर्नसक्दिनस्’ भन्ने शब्द प्रयोग गर्दछन् । उनले धेरै महिलाहरुसँग सम्बन्ध रहेको जनाउ हुने गरि गरेको मेसेन्जर च्याट समेत सुनिताले सार्वजानिक गरेर मिडियालाई दिएकी छिन् । त्यसमा केहि महिलाहरुसँग भएका कुराकानी रहेका छन् । यसैगरी पैसाको कारोबार भएको कागजात समेत बाहिर आएका छन् । जसमा नेपाली काँग्रेसका नेता अमृत अर्याललाई एककरोड रुपैँया लगानी गरेको तमसुक छ । यसैगरी इट्टा उद्योगी प्रदिप भगतलाई समेत तमसुक बनाएर पैसा लगानी गरेको कागज रहेको छ । यसैगरी अन्य धेरैै व्यक्तिसँग गरिएको कारोबार र लेनादेना समेत देखिन्छ । जसमा श्याम साह मिटरब्याज कारोबार गर्दै आएको खुल्ने सुनिताको भनाई छ । पीडितले उजुरी नदिदाँसम्म मिटर ब्याजमा उनलाई कारवाही हुँदैन । तर, उनले आफ्नो पैसा लगानी गरेर श्रीमतीबाट लुकाएको भने देखिन्छ ।

यस विषयमा डा.श्याम साहसँग कुरा गर्दा उनले सुनिताको मनस्थिति कमजोर भएको र मानसिक समस्या भएको बताए । उनले प्रहरीका सबै व्यक्तिले सम्झाउँदा समेत उनी घर बस्न नमानेको भन्दै प्रहरीसँगको सम्बन्ध रहेको औल्याए । ‘डिएसपीले सम्झाउनुभयो, एसपीसाब्ले सम्झाउनुभयो तर घर बस्नै मानिन’ श्याम साहले भने–छोरी छ उसलाई घर बसाउन सकिएन । उनले आफू डाक्टर भएकोले धेरै महिलासँग सम्पर्क हुने बताए । दिल्ली गाजीयावादमा उनका बाबुआमा भाडामा बस्ने गरेको बताए । उनले लभ म्यारिज भएको र मामाको घर देखाएर विवाह गरेको बताए । माइती पक्ष कमजोर रहेको संकेत गर्दै डाक्टर साहले भने–कहिले उसले कुटी, कहिले मैले । उनले परिवारका अन्य सदस्यसँग मिलेर घाँटीमा पासो लगाउन खोजेको भन्ने भनाई गलत भएको बताए । तर, उनले श्रीमती मानसिक रुपमा रोगी भएको बताएपछि चिकित्सक भए ठाउँ परामर्शमा वा परीक्षणमा हालसम्म पु¥याएको कुरा बताएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्