विराटनगरमा शनिबार इण्डो–नेपाल स्केटिङ्ग प्रतियोगिता, भारतका १८ र नेपालका ६० खेलाडी सहभागी हुँदै

<span class='c1'>विराटनगरमा शनिबार इण्डो–नेपाल स्केटिङ्ग प्रतियोगिता, भारतका १८</span> <span class='c2'>र नेपालका ६० खेलाडी सहभागी हुँदै</span>

विराटनगर । विराटनगरमा शनिबार नवौं इण्डो–नेपाल रोलर स्केटिङ्ग च्याम्पियन प्रतियोगिताको आयोजना हुँदैछ । नेपाल र भारतका खेलाडी सहभागी हुने प्रतियोगिता आयोजना हुने दिल्ली पब्लिक स्कुल विराटनगरको मैदानमा तयारी पुरा भएको आयोजकले जानकारी दिइएको छ ।

मोरङ जिल्ला स्केटिङ्ग एशोसिएशनका अध्यक्ष सुरज कामतका अनुसार भारतका १८ जना र नेपालका ६० खेलाडी प्रतियोगितामा सहभागि हुनेछन् । भारतबाट खेलाडीसहित चारजना कोच, टिम म्यानेन्जर, अफिसियल गरेर ३५ जनाको टोलि नेपाल आउँदैछ ।

नेपालका विभिन्न जिल्लाबाट ५५ जनाले रजिस्ट्रेशन गरिसकेका छन् । स्केटिङ्ग प्रतियोगितामा ५ वर्षदेखि २१ वर्ष उमेर समूहका खेलाडी सहभागि हुनेछन् । प्रतियोगिताकै दिन अफिसियल सहभागी समेत संलग्न गराइने छ ।

अध्यक्ष कामतका अनुसार तीन उत्कृष्ट खेलाडीलाई आगामी सेक्टेम्बर २०–२२ मा थाइलैण्डमा हुने प्रतियोगितामा अफिसियल सहभागी गराईने छ । प्रथम, द्धितिय र तृतियले अन्तराष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने अवसर एशोसिएशनकैतर्फबाट पाउनेछन् । यो प्रतियोगिता यस अगाडी समेत हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्