डिपीएस विराटनगरमा सप्ताह व्यापी उर्जा ध्यान शिविर सम्पन्न

<span class='c1'>डिपीएस विराटनगरमा सप्ताह व्यापी</span> <span class='c2'>उर्जा ध्यान शिविर सम्पन्न</span>

विराटनगर। शिक्षकहरूको व्यावसायिक विकास र मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि जीवन विज्ञान मोरङ समूहको सहयोगमा दिल्ली पब्लिक स्कुल (डिपीएस) विराटनगरमा सप्ताह व्यापी उर्जा ध्यान शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यालयका शिक्षक, शिक्षिका र कर्मचारीहरूका लागि विशेष रूपमा आयोजना गरिएको उक्त शिविरमा एक हप्तासम्म जीवन विज्ञान संस्थाका अनुभवी गुरुहरूले विभिन्न योगासन, प्राणायाम तथा ध्यानका उन्नत विधिहरू सिकाएका थिए। यस क्रममा सहभागीहरूलाई आफूभित्र निहित रहेको आन्तरिक उर्जालाई पहिचान गर्न, त्यसलाई जागृत गर्न र दैनिक जीवनमा सदुपयोग गर्न नियमित अभ्यासका लागि प्रशिक्षित गरिएको थियो।

शिविरको समापन समारोहमा विद्यालय प्रशासनले शिविर सञ्चालनमा महत्त्वपूर्ण योगदान पुर्याउने चन्द्र प्रसाद लिम्बु (वेलबारी), रिता कार्की, राधा कोइराला, यदुनाथ पोखरेल, जानुका खड्का, लक्ष्मी बजगाईं र हेम कार्की (विराटनगर) लाई विशेष कदर पत्र तथा मायाको चिनो प्रदान गरेर सम्मानित गरेको थियो।

विद्यालयका प्रधानाध्यापकले यस शिविरले शिक्षकहरूको मानसिक स्वास्थ्य र कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्ता रचनात्मक कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गरिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्