संघमा आन्तरिक राजस्व कार्यालयका प्रमुखलाई स्वागत

<span class='c1'>संघमा आन्तरिक राजस्व</span> <span class='c2'>कार्यालयका प्रमुखलाई स्वागत</span>

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भूपालराज शाक्यलाई विराटनगरका उद्योगी व्यवसायीहरूले स्वागत गर्दै कर प्रशासनका समस्याका बारेमा छलफल गरेका छन् । मोरङ उद्योग व्यापार संघले भर्खरै सरुवा भएर आएका प्रमुख कर अधिकृत शाक्यलाई स्वागत गर्दै समस्याबारे ध्यानाकर्षण गराएको हो ।

संघका अध्यक्ष अनुपम राठीले घाटामा रहेका वासलात, ९–१० वर्ष पुरानो नन फाइलर फर्महरूका समस्या, भन्सार विन्दुमा लिइने अग्रीम आयकर, अनिवार्य अनलाइन बिलिङ, कर बिजकमा अनिवार्य एच.एस. कोड लगायतका विषयमा जानकारी गराएका हुन् । सरकारका केही पछिल्ला नीतिहरूबाट उद्योगी व्यवसायीहरूलाई परेको समस्याबारे जानकारी गराएका थिए ।

प्रमुख कर अधिकृत शाक्यले घाटा देखिने वासलात विभागले स्वीकार गर्ने गरेको जानकारी दिए । कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ कोशी प्रदेशका अध्यक्ष तीर्थ यादव, राजश्व कार्यालयका सूचना अधिकृत हरि प्रसाद सेढाईं लगायत मोरङ उद्योग व्यापार संघ सम्वद्ध पदाधिकारी र सदस्य, विभिन्न वस्तुगत संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि, उद्योगी व्यवसायीहरू लगायतको उपस्थिति रहेको संघका महासचिव सञ्जय कुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्