विराटनगरको उत्तरी क्षेत्रका घरमा सफाई सदस्यतासँगै एक बिरुवा संरक्षण

<span class='c1'>विराटनगरको उत्तरी क्षेत्रका घरमा सफाई</span> <span class='c2'>सदस्यतासँगै एक बिरुवा संरक्षण</span>

इन्दु साह
विराटनगर । विराटनगरको उत्तरी क्षेत्रमा सात हजार घरमा बिरुवा रोपिने भएको छ । उत्तरी क्षेत्रको नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोल कम्पनीले फोहोर संकलन गर्दै आएको छ । कम्पनीले सफाई सदस्यता लिएका घरमा एक बिरुवा जगाउन संरक्षण समेत गर्ने भएको हो ।

विगत लामो समयदेखि फोहोर उठाउँदै आईरहेको सफाई कम्पनीले महानगरलाई सफा र सौन्दर्य बनाउने उद्देश्यकासाथ सफाई सदस्यता लिएका आफ्ना ६ हजार सदस्यलाई फलफूलका विरुवा वितरण गर्दैछ । वितरण गर्दा फलफूलका बिरुवाहरु मात्र वितरण गरिने नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोलका प्रमुख उमेश कटुवालका बताए ।

फलफूका विरुवाहरुमा आँप, लिची, अम्बा, कटहर, अमला, बयर लगायत विरुवा रहेका छन् । । सफाईको सदस्य लिएकाहरुलाई सम्मान स्वरुप विरुवा उपहार दिईन लागिएको कटुवालको भनाई छ । कटुवालका अनुसार सदस्यहरुको आफ्नो घरको परीसर भित्र रहेको खालि र उपयुक्त स्थान भएमात्र विरुवा प्रदान गरिनेछ । पछि विराटनगरपासीले आफ्नै घरमा फलेको ताजा फलफुल खान पाउने र वृक्षले वातावरणमा समेत राम्रो हुने उनको भनाई छ । साथै यि वृक्षले गर्मीमा छाहारी दिने भएकोले सदस्यहरुलाई लाभदायि हुनेछ।

विरुवा वितरण पछि उक्त कम्पनीले विरुवाको स्याहार भए नभएको जाँच गरिरहने छ । यो अभियान सोमवार देखि थालिने भएको छ । उक्त विरुवा घरकै सदस्यको हातबाट रोपिने छ । यस अभियानमा उद्दव केसि , पारुल क्षेत्री, अचेत समुह लगायतका स्थानिय अभियन्ताहले सहयोग गर्ने भएका छन् । यसमा महानगरपालिकाले समेत अभियानमा सहजीकरण गरीदिने भएको हो । यस कम्पनीले वडा नं. १,२,३,४,५ र १९ को फोहोर संकलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्