विराटनगरमा साप्ताहिक आरतीका लागि समिति गठन

<span class='c1'>विराटनगरमा साप्ताहिक आरतीका</span> <span class='c2'>लागि समिति गठन</span>

विराटनगर । विराटनगरमा साप्ताहिक आरतीका लागि प्रवुद्ध व्यक्तिको भेलाले समिति गठन गरेको । उपयुक्त समय तोकेर सिङ्गिया नदी परोपकार घाटमा साप्ताहिक आरती गर्ने निर्णय गर्दै उच्च अदालतका पूर्व मुख्य न्यायाधीश भीमेन्द्रबहादुर कार्की संयोजक रहेको मूल समिति गठन गरिएको हो ।

समितिको महासचिवमा राजन न्यौपाने छन् । आयोजनालाई गति दिन तेजराज गिरी, अमिर गुरागाई, सुवास बस्नेत, शेखर कार्की, अभिषेक भट्टराई, गगन ढकाल, आशिष चन्द्र वन सचिवालय रहने गरी समिति बनाइएको छ। तदर्थ समितिमा सयभन्दा बढीलाई सदस्यका रुपमा राखिएको छ । यस्तै, विश्वनाथ रिजाल त्रिलोचन, शंकर खरेल, चम्पालाल राठी, भीम पराजुली, बासुबहादुर बस्नेत, काजीबहादुर बस्नेत, जीवन आचार्य, कुमार खतिवडालगायत रहेको सल्लाहकार समिति बनाइएको छ। यो समितिले विधान बनाउने, आरती संस्था जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता गर्ने निर्णय गरेको छ। तत्काल कुनै आर्थिक सहायता स्वीकार नगर्ने र पारदर्शी ढंगले धार्मिक कार्य गरिने निर्णय बैठकले गरेको छ ।

भेलामा २५० भन्दा बढीको सहभागिता थियो । भेलामा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका सदस्य देवकीनन्दन अग्रवाल, उद्योगी चम्पालाल राठी, विराटनगर(३ का वडाध्यक्ष बासुबहादुर बस्नेतलगायतले आरती स्वागतयोग्य रहेको धारणा राखेका थिए। स्थानीय युवराज रिजाल, लीला बाँस्तोला, लोकेन्द्र थापा, व्यवसायी कुमार खतिवडालगायतले सिङ्गिया नदी ऐतिहासिक महत्वको भएको र परोपकारमा धेरै पितृको मोक्ष प्राप्त भएकाले आरतीका लागि उपयुक्त स्थान भएको बताएका थिए ।

साउनको अन्तिम दिन पारेर पुरोहितको सल्लाहअनुसार हप्ताको एक दिन आरती गरिने योजना छ । विराटनगरमा यति बृहद बैठक बसेर अपनत्वको भावना राख्दै आरतीको कार्यक्रम तय भएकी पहिलो हो। समुदाय र अन्य सबै पक्षको सहयोग र सद्भावमा हप्ताको एक दिन आरतीको धार्मिक कार्यमा संलग्न गराएर धार्मिक पर्यटनमा जोड दिन सकिने युवा व्यवसायी कुमार खतिवडाले बताए । विराटनगरमा आरती गर्नेबारे ४ वर्षअघि नै प्रयास सुरु भएको थियो। चार वर्षअघि तत्कालिन मेयर भीम पराजुलीको पालामा आरतीका लागि अभियान चलाइएको थियो। यसका लागि महानगरपालिकाले बजेट पनि विनियोजन गरेको थियो ।

हाम्रो उद्देश्य आरतीको कार्यक्रम गरेर समाजलाई जोड्ने हो, पारदर्शी बनेर कार्यक्रम गर्ने होु अभियानमा संलग्न शेखर कार्कीले भने, हामीले समाजका सबैलाई जोडेका छौं, नियमसंगत रुपमा काम गरेर कार्यक्रम गर्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्