विराटनगरमा–२ मा बन्दैछ सन्ध्याकालिन आरतीस्थल, परोपकार घाटमा गरिहाल्न गठन भयो समिति

<span class='c1'>विराटनगरमा–२ मा बन्दैछ सन्ध्याकालिन आरतीस्थल, परोपकार</span> <span class='c2'>घाटमा गरिहाल्न गठन भयो समिति</span>

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–२ को सिंघिया तटमा सन्ध्याकालिक आरतीस्थल निर्माण गरिररहेको छ । हनुमान मन्दिरसहित तीन करोड ५० लाख ९३ हजारको पूर्वाधार निर्माण गरेर सन्ध्याकालिन आरती चलाउने लक्ष्य अनुसार योजना कार्यन्वयन गरिदैं आएको हो ।

आरतीस्थल विराटनगर–२ स्थित हनुमान मन्दिरनजिकै सिंघिया घाटमा निर्माण प्रक्रियामा छ । तर, विराटनगरमा साप्ताहिक आरतीका लागि प्रवुद्ध व्यक्तिको भेलाले शनिबार अर्को समिति गठन गरेको छ । सिङ्गिया नदी परोपकार घाटमा साप्ताहिक आरती गर्ने निर्णय गर्दै उच्च अदालतका पूर्व मुख्य न्यायाधीश भीमेन्द्रबहादुर कार्की संयोजक रहेको मूल समिति गठन गरिएको हो ।

महानगरपालिकाले आरती गर्ने स्थल निर्माण गरिरहँदा अर्को समिति गठन गरेर तत्काल साप्ताहिक रुपमा कार्यक्रम गर्ने योजना सुनाको हो । शनिबार भेला भएरु गठन समितिमा समितिको महासचिवमा राजन न्यौपाने छन् । आयोजनालाई गति दिन तेजराज गिरी, अमिर गुरागाईं, सुवास बस्नेत, शेखर कार्की, अभिषेक भट्टराई, गगन ढकाल, आशिष चन्द्र वन सचिवालय रहने गरी समिति बनाइएको छ।

तदर्थ समितिमा सयभन्दा बढीलाई सदस्यका रुपमा राखिएको जानकारी दिइएको छ । कोशी प्रदेश सभा सदस्य, पूर्व मेयर तथा काँग्रेस नेता भीम पराजुली, विश्वनाथ रिजाल त्रिलोचनसहित शंकर खरेल, चम्पालाल राठी, विराटनगर १ र ३ का अध्यक्ष बासुबहादुर बस्नेत, काजीबहादुर बस्नेतसहित जीवन आचार्य, कुमार खतिवडालगायत रहेको सल्लाहकार समिति बनाइएको छ।

यो समितिले विधान बनाउने, आरती संस्था जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता गर्ने निर्णय गरेको छ। महानगरपालिकाले सन्ध्याकालिन आरतीस्थल निर्माण गर्ने काम गरिरहँदा हतारिएर परोपरकाल घाटमा आरती गर्ने तम्तयारले धेरैमा आशंका सिर्जना गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्