विराटनगरका सडकमा फोहोर फ्याँक्ने ४० जना कारबाहीमा

<span class='c1'>विराटनगरका सडकमा फोहोर फ्याँक्ने</span> <span class='c2'>४० जना कारबाहीमा</span>

इन्दु साह
विराटनगर । विराटनगरमा जथाभावी फोहोर फ्याँक्ने ४० जना कारबाहीमा परेका छन्।

सरसफाई सदस्यता कार्ड लिएर शहरमा उत्पादन भएको फोहोर व्यवस्थापनमा सहजीकरण र सहयोग गर्नुपर्ने नागरिकलाई सडकमा फोहोर फ्याँकेको आरोपमा कारबाही गरिएको हो।

महानगरपालिकाले खुला स्थानमा फोहोर नफ्याँक्न अनुरोध गर्दै आएको छ। यदि फालेको प्रमाण पुगेमा सम्बन्धित व्यक्तिलाई कारबाही गर्ने गरिएको छ। महानगरका विभिन्न वडाहरूले घर, व्यवसायी, उद्योग, संस्था लगायतलाई सफाई सदस्यता अनिवार्य समेत गराएको छ। तर पनि केही नगरवासी र व्यवसायीहरूले फोहोर जथाभावी फ्याँक्ने गरेको पाइएको हो। महानगरपालिकाको तथ्याङ्क अनुसार विभिन्न स्थानमा फोहोर फ्याँक्ने र नाला जाम गराउने जम्मा ४० जनाबाट कारबाही स्वरूप जरिवाना गराइएको छ। आर्थिक वर्ष २०८०/८१ मा जम्मा ४ लाख ६ हजार ९२५ रकम जरिवाना उठाएको महानगरपालिका सरसफाई शाखाका कर्मचारी किरण न्यौपानेले जानकारी दिए। कतिपय व्यक्ति, संस्थालाई पत्राचार गरेर सचेत मात्र गराएको न्यौपानेले बताए। उनका अनुसार सफाई सदस्य भएकाहरूलाई भने कम जरिवाना गराएको हो। जरिवाना १ हजारदेखि २५ हजारसम्म गराइएको छ।

महानगरले जथाभावी फोहोर फ्याँक्न निषेध गरेको छ। रातिको समयमा सफाई सदस्य नभएकाहरूले सडक, नाला, नहर, खुला जमिन लगायतका स्थानमा फोहोर फ्याँक्ने गरेका छन्। नगरवासीको सहयोगमा महानगरपालिकाले फोहोर फ्याँक्ने व्यक्ति तथा घर, व्यवसायीलाई जरिवाना भराउने गरेको छ। फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन महानगरले विभिन्न स्थानमा सिसिटिभि क्यामेरा समेत जडान गरी निगरानी बढाएको छ।

महानगरपालिकाको फोहोर संकलन गर्न तीन वटा निजी साझेदार कम्पनीसँग विराटनगर महानगरपालिकाले सम्झौता गरेको छ। महानगरको उत्तरी क्षेत्रको नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोल, मध्यभागमा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल तथा दक्षिणी क्षेत्र सगरमाथा मल्टिसप्लायर्सले फोहोर संकलन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्