विराटनगरको कान्तिपुर कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण

<span class='c1'>विराटनगरको कान्तिपुर कलेजमा भर्ना भएका </span> <span class='c2'>नयाँ विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण</span>

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विराटनगरको कान्तिपुर कलेजले भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण कार्यक्रम गरेको छ । कलेजले आईतबार विहान विराटनगरको सिटी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो ।


कक्षा ११ को विज्ञान, व्यवस्थापन र होटल मेनेजमेन्टमा ९ सय २० जना विद्यार्थी भर्ना भएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिनुभयो । अहिले भर्ना भएका १० औं ब्याजका विद्यार्थीहरु हुन् । भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै उनीहरुलाई कलेजको नियमको बारेमा जानकारी गराएको थियो ।
कान्तिपुर कलेज सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेर अगाडी बढेको कलेजका प्रिन्सिपल भुवन नेपालले बताउनुभयो ।


यस कलेज पढने विद्यार्थीहरुले प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङको क्षेत्रमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल हुँदै आएको कलेजले जनाएको छ् । त्यसै कारणले पनि विद्यार्थीको रोजाइमा कान्तिपुर पर्ने गरेको हो । विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान पढाई हुने उक्त कलेजमा २०७२ सादेखि नयाँ व्यवस्थापन आएर कलेज संचालनमा ल््याएपछि सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल छ । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख जीवन गडतौलाले विद्यार्थीको क्षमता अनुसार गुणस्तरीय शिक्षा दिएर विद्यालय अगाडी बढनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले विद्यार्थीहरुलाई जीवन उपयोगी शिक्षा दिनुपर्ने बताउनुभयो । सोही अवसरमा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरुलाई कलेजले सम्मान पनि गरेको छ ।

कक्षा ११ मा कलेजले लिएकोे प्रवेश परीक्षामा १ हजार ३३७ जना विद्यार्थीले परीक्षा दिएका थिए । कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले सास्कृतिक प्रस्तुति समेत दिएका थिए । कार्यक्रममा सहभागी अतिथीजनहरुलाई नेपाली ढाका टोपीले स्वागत गरी माया चिनो समेत प्रदान गरिएको थियो । विराटनगर १० मा रहेको कलेज पछिल्लो समय विद्यार्र्थी र अभिभावकको रोजाइमा पर्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्