आत्मनिर्भर बनाउन आयोजित ३ महिने नि:शुल्क ब्युटिसियन तालिम सम्पन्न

<span class='c1'>आत्मनिर्भर बनाउन आयोजित ३ महिने</span> <span class='c2'>नि:शुल्क ब्युटिसियन तालिम सम्पन्न</span>

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने उक्त तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो ।


तालिमको सहजीकरण गंगा जमुना तामाङ, प्रतिमा ओझा, ईशा ढकाल, आकाश अग्रवाल, कबिता नेपाल, सिमरन श्रेष्ठ र सुशील स्वेक्छाले गरेका थिए । तालिममा ६० बढी महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुले तालिमपछि सिकेको सीप व्यर्वहारमा उत्राने बताएका थिए । सहभागी मिश्रा बुढाथोकीले तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्दै ब्यूटिपार्लर खोल्ने बताइन् ।
समापन कार्यक्रमको प्रमुख अतिथि सामाजिक विकास राज्य मन्त्री सृजना राईले महिलाहरु आत्मनिर्भर बनाउनको लागि यस्तो सिपमुलक तालिम आवश्यक रहेको बताइन् । तालिममा सिकेको सिप व्यर्वहारमा उतानुपर्नेमा उनले जोड दिइन् । कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघ नेपालकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठले समृद्धिको लागि सीप सिकेर महिला आत्मनिर्भर हुनुपर्नेमा जोड दिइन् ।

तालिममा सिकेको सिप व्यर्वहारमा उतारेर महिलाहरु आत्मनिर्भर हुन सके घरपरिवार चलाउन सहज हुने उनले बताइन् । कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष बावुराम कार्की, राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपालकी केन्द्रीय सदस्य गंगा तामाङ्ग लगायतले बोलेका थिए । सोही अवसरमा सौन्दर्य कला व्यवसायी संघ विराटनगरकी अध्यक्ष जुलि प्याकुरेललाई सम्मान गरियो । उनलाई प्रमुख अतिथि सामाजिक विकास राज्यमन्त्री सृजना राईले सम्मान गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्