विराटनगरमा पहिलो पटक वाइकिङ्ग डान्स स्टाइल कार्यशाला सम्पन्न

<span class='c1'>विराटनगरमा पहिलो पटक वाइकिङ्ग</span> <span class='c2'>डान्स स्टाइल कार्यशाला सम्पन्न</span>

विराटनगर । विराटनगरमा पहिलो पटक वाइकिङ्ग डान्स स्टाइल कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।

शनिबार विराटनगर-६ स्थित शिव मन्दिर बुद्ध निवासमा रहेको स्वाग डान्स स्टुडियोले यो कार्यशालाको आयोजना गरेको थियो।

कार्यशालामा ५३ जना सहभागीहरूले भाग लिए। नेपाल हिपहप फाउन्डेसनकी सदस्य मन्जली राजवंशी (मन्जे) ले प्रशिक्षण दिएकी थिइन्। उनले सहभागीहरूलाई वाइकिङ्ग डान्सको मूल तत्व र टेक्निकहरू सिकाइन्।

स्वाग डान्स स्टुडियोका संचालक राज न्यौपानेले बताए अनुसार, "नेपालमा वाइकिङ्ग डान्स स्टाइलको क्रेज बढ्दै गएको हुँदा विराटनगरमा पहिलो पटक यो कार्यशाला आयोजना गरिएको हो।" वाइकिङ्ग डान्स एक अन्तर्राष्ट्रिय नृत्य शैली हो जसको लोकप्रियता पछिल्लो समय नेपालमा बढ्दै गएको छ।

कार्यक्रममा बुढीगंगा गाउँपालिका वडा १ का वडासदस्य सागर थापा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। अन्य विशिष्ट अतिथिहरूमा ओम प्रकाश बस्नेत र डी-डीएएन(D-DAN) मोरङका अध्यक्ष इन्द्रजीत मगर थिए। स्वाग डान्स स्टुडियोका सह-निर्देशक मनिष कटुवालले जानकारी दिए अनुसार, स्टुडियोले विगत तीन वर्षदेखि १५ जनालाई नि:शुल्क नृत्य शिक्षा प्रदान गर्दै आएको छ। उनले थपे, "हामी केवल नृत्य सिकाउने मात्र होइन, विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आएका छौं।"

यो कार्यशालाले विराटनगरको कला र संस्कृति क्षेत्रमा नयाँ आयाम थपेको छ। यसले स्थानीय युवाहरूलाई अन्तर्राष्ट्रिय नृत्य शैलीहरूसँग परिचित गराउनुका साथै उनीहरूको कलात्मक क्षमता विकास गर्ने अवसर प्रदान गरेको छ। स्थानीय कला प्रेमीहरूले यस पहललाई स्वागत गरेका छन् र भविष्यमा यस्ता थप कार्यक्रमहरूको आयोजना हुने आशा व्यक्त गरेका छन्। वाइकिङ्ग डान्स कार्यशालाको सफलताले विराटनगरमा अन्य नवीन कला र संस्कृतिक कार्यक्रमहरूको ढोका खोलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्