विराटनगरको ग्रीनल्याण्ड कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

<span class='c1'>विराटनगरको ग्रीनल्याण्ड कलेजमा भर्ना</span> <span class='c2'>भएका विद्यार्थीलाई अभिमुखिकरण</span>

विराटनगर । विराटनगर–९ मा रहेको ग्रीनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।

कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान र व्यवस्थापन ११ औं ब्याचमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।

विज्ञान संकासयमा ३ सय ५४ र व्यवस्थापन संकायमा २ सय ३ जना विद्यार्थीहरु भर्ना भएको कलेजले जनाएको छ । कार्यक्रममा कलेजका कलेजका निर्देशकद्वय रविन्द्र घिमिरे र शिवनारायण यादवले कलेजको बारेमा जानकारी गराएका थिए भने कलेजका निर्देशक विपि निरौला र शिक्षक भवानी दाहाले शुभकामना दिए ।

कक्षा–११ मा भर्ना भएको विर्द्याीहरु गरिमा तिम्सीना, लिलाकान्त झा, अस्मीता गोइत,आरजु पौडेल र सुमित चौधरीले बोलेका थिए । एसईईमा तिम्सीनाले ३.९१, झाले ३.९४, गोइतले ३.७८ पौडेलले ३.६५ र चौधरीले ३.७३ जिपिए ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्