जिल्ला प्रशासन मोरङको निर्देशन विपरित किर्ते गरेर रकम ट्रान्सफर गर्ने सहकारीका सञ्चालक उम्क्याउने योजनामा प्रहरी

<span class='c1'>जिल्ला प्रशासन मोरङको निर्देशन विपरित किर्ते गरेर रकम</span> <span class='c2'>ट्रान्सफर गर्ने सहकारीका सञ्चालक उम्क्याउने योजनामा प्रहरी</span>

विराटनगर । राजश्री सेविंग्स एण्ड क्रेडिट को–आँपरेटिभ सोसाइटी लि. को विराटनगर सेवा कार्यालयले ऋणीको धितोमा अर्को व्यक्तिलाई रकम निकासा गरिदिएको विषय अनुसन्धान गरेर कानुन अनुसार कारबाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशन प्रहरीले सामान्य रुपमा लिइएको छ । पीडितले आफ्नो नाममा ऋण निकासा गराएर सहकारीले खडा गरेका फर्जी व्यक्तिको नाममा ट्रान्सफर गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका थिए ।

सुनसरीको दुहबी नगरपालिका–९ का फिरोज आलमको निवेदन जिल्ला प्रशासन कार्यालय मोरङको दर्ता नम्बर ५२५१ मिति २०८० असार २० गते कायम भएको थियो । त्यसका आधारमा राजश्री सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ सोसाइटी, सेवा कार्यालय विराटनगरले गरेको किर्ते छानविन गरी काुननी कारवाहीका लागि पीडितको सक्कल निवेदनसहित जिल्ला प्रशासन कार्यालय मोरङले जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । घटनामा दुई पक्षलाई बोलाएको विराटनगर वडा प्रहरी कार्यालयले पहिलो छलफलमा पीडितको रकम ट्रान्सफर गरिएका व्यक्तिहरुलाई हाँजिर गराउन सहकारीका अधिकारी तथा सञ्चालकलाई भनेको थियो । त्यसका आधारमा साउन ६ गते सहकारीका सञ्चालकले उनीहरुमार्फत रकम ट्रान्सफर भएका दुईजना व्यक्ति इन्द्रनारायण मण्डल र विष्णुकुमार शर्मालाई उपस्थित गराउनु पर्ने थियो ।

तर, आइतबार सहकारीका सञ्चालक र पीडित पक्षबीचको छलफलमा रकम ट्रान्सफर भएका खातावालाहरुलाई हाँजिर गराइएन । हाँजिर गराउन नसकिएपछि प्रहरीले पीडितलाई सहकारीका सञ्चालकको शर्त अनुसारको जवाफ दिएर फर्काएको गुनासो गरेका छन् । विराटनगर वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बुद्ध श्रेष्ठले जिल्ला प्रशासन कार्यालयको निर्देशन विपरित सहकारीमार्फत भएको गैरकानुनी किर्ते कारोबारमा सञ्चालकलाई जोगाउने गरी घटना ट्वीस्ट गरिदिएको गुनासो छ ।

शर्त अनुसार रकम ट्रान्सफर भएका दुई व्यक्तिलाई सहकारीका सञ्चालक तथा शाखा प्रमुखहरुले हाँजिर गराउनु पर्नेमा त्यो गरिएन । कारोबारमा आशंका देखिदाँ समेत प्रहरीले सहकारीका सञ्चालक तथा शाखाको जिम्मेवारी लिएकाहरुलाई जोगाउने उपाय सुझाएका हुन् । प्रहरी नायव श्रेष्ठले अब रकम ट्रान्सफर भएका खातावाला पीडित, आफैंले उपस्थित गराउनु पर्ने, पीडितले लेनदेन मुद्दामा अदालत गएर पक्राउ पुर्जी लिएर आउनु पर्ने वा प्रहरीले कुनै न कुनै दिन नियन्त्रणमा लिएर थुनेपछि छलफल हुने निष्कर्ष सुनाएका थिए । ।

जिल्ला प्रशासन कार्यालयमा पीडितले किर्ते गरेको विषयमा अनुसन्धान गरिदिन माग गर्दै दिएको निवेदन अनुसार नै प्रहरीमा पत्राचार भएको थियो । सहकारीले आफैं खडा गरेका व्यक्तिहरुको नाममा पैसा पठाएर फरार गराएर पीडित बनेकाहरुले चारवर्षपछि इन्द्रनारायण मण्डललाई नियन्त्रणमा लिएका थिए । त्यसपछि सहकारीको सबै ऋण चुक्ता भएपछि पनि उनीहरुको धितो जग्गा फुकुवा नगरी थप बार्गेनिङ गरिएको थियो । बार्गेनिङपछि पुनः ऋण रहेको भन्दै रकम निकासा गरेर अर्कैको नाममा ट्रान्सफर गरिएको थियो । प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने यसमा सहकारी र पीडित भनिएका परिवारबीचको समेत संलग्नता आशंका गरिएको छ । संलग्नता आशंका गरिएपनि त्यसको अनुसन्धानमा भने सहकारीले रकम पठाएका व्यक्तिहरुमा केन्द्रीत गरेर सञ्चालक तथा शाखाका प्रमुखहरुलाई जोगाउने प्रयास गरिएको छ । पछिल्लो समय सहकारीका सञ्चालक तथा शाखाका प्रमुखहरुले विभिन्न पहुँचवाला व्यक्तिको सम्पर्कमार्फत केसलाई डाइभर्ट गर्न खोजिरहेको सुचना यस अगाडी नै आएको थियो । पीडितले भने प्रहरीको केन्द्रीय कार्यालय, सहकारी विभाग, प्रधानमन्त्री कार्यालयसम्म उजुरी दिएर न्याय खोज्न लागिपर्ने बताएका छन् ।
पढ्नुहोस् अघिल्लो समाचार

https://ourbiratnagar.net/2024/07/266925

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्