बीसवर्षपछि विराटनगर ६ र ११ को सीमानामा पर्ने कल्भर्ट र नाला सफाई

<span class='c1'>बीसवर्षपछि विराटनगर ६ र ११ को</span> <span class='c2'>सीमानामा पर्ने कल्भर्ट र नाला सफाई</span>

इन्दु साह
विराटनगर । विराटनगर ६ र ११ को सीमानामा पर्ने केशलिया रोडस्थित कल्भर्ट र नाला बीसवर्षपछि सफाई गरिएको छ । तीन सय मिटर लम्बाई रहेको नाला बीसवर्षपछि सफाई गरिएको हो ।

वर्षामा पानी जम्न थालेपछि स्थानीयले महानगरमा गुनासो गरेका थिए । सोही गुनासोको आधारमा महानगरको टोलीले नालाको निरीक्षण गरी जाम खुलाउन सफाई थालेको हो । विगत २२ वर्षदेखि केशलिया रोडमा बस्दै आएका स्थानीय विशाल श्रेष्ठले यो नाला आफुले जान्दा पहिलो पटक सफाई भएको दावी गरे । नालामा पानी जाम भएर नबग्ने अवस्थामा थियो ।

नाला सफाई गर्दा त्यहाँ जथाभावी फोहोर, ढुंगा र माटो हालेर जाम गरिएको पाइएको छ। यसले गर्दा पानीको निकास अवरुद्ध भएको थियो । एक मान्छे भन्दा गहिरो नालामा यत्तिका वर्षसम्म सफा नगर्दा जाम भएको थियो । महानगरपालिकाको सरसफाई शाखा प्रमुख पुनम दाहाल र सोही शाखाका कर्मचारी किरण न्यौपानेको निगरानीमा सफाई कार्य भइरहेको छ। दाहालले भने लामो समयदेखि नाला जामको समस्या थियो, अहिले यसलाई सफाई गरेका छौं । यसले वर्षायाममा हुने पानी जम्ने समस्या कम गर्नेछ दाहालको बुझाई छ ।

 

पाँच दिनदेखि निरन्तर नाला, कल्भर्टको सफाई कार्य भइरहेको छ । सुरुका दिन पानी पास हुने होमपाइप सफाईमा महानगरका २० सफाई कर्मचारी खटाइएको थियो । अहिले महानगरले महानगरको जेसीबी, गाडी, अक्सिजन सहित १० जना सफाई कर्मचारी दैनिक खटाइरहेको छ। यस सफाईकार्यमा स्थानीय र जनप्रतिनिधिले समेत सहयोग गरिरहेको दाहालले बताए । हरेक दिन बिहान ६ बजे देखि १ बजेसम्म सफाई कार्य हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्