कोशी प्रदेश टप गर्ने विद्यार्थी हिमालय दर्शन कलेजको सम्मान

<span class='c1'>कोशी प्रदेश टप गर्ने विद्यार्थी</span> <span class='c2'>हिमालय दर्शन कलेजको सम्मान</span>

विराटनगर । विएचएम चौथो सेमेस्टरको परीक्षामा कोशी प्रदेश टप गर्ने विराटनगर १० मा रहेको हिमालय दर्शन कलेजमा अध्ययरत विद्यार्थीलाई सम्मान गरिएको छ ।

कोशी प्रदेशबाट उत्कृष्ट नतिजा ल्याउने राम कृष्ण खत्री क्षत्री र प्रदेशमै दोस्रो नतिजा ल्याउने आदित्य चाम्लिङ राईसहित ८ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

उनीहरुलाई कलेजले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । विएचएम चौथो सेमेस्टरको त्रिविले हालै प्रकाशित गरेको परीक्षाफलमा ३.९५ जिपिए ल्याई कोशी प्रदेशमै टप क्षेत्रीले र ३.९२ जिपिए ल्याई कोशी प्रदेशमै दोस्रो भएको कलेजको दाबी गरेको छ । यसैगरी उत्कृष्ट नतिजा ल्याउने अमन साह, निशु गौतम, कृतिका थापा, संजित थापा,सुमन भुजेल र प्रमोद कुमार पोखरेललाई पनि कलेजले सम्मान गरेको छ । सम्मानित उत्कृष्ट परीक्षाफल ल्याउने विद्यार्थीलाई कलेजले नियमानुसार छात्रवृति समेत दिने क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए ।

सम्मानित विद्यार्थीलाई कलेजका डाइरेक्टर शैलेन्द्र सिवाकोटी र भेषराज पोखरेल, कोअर्डिनेटर भुपाल मिश्र, सुमित साह, कुशल निरौला र अन्जु भुजेल लगायत शिक्षकहरुले समेत सम्मान गरेका थिए । कोशी प्रदेशमै यस कलेज विएचएम, विआइएम, बिसिए, विएस्सी/सि.एस.आइटी र विविएस अध्ययन हुने गरेको छ । गुणस्तरीय शिक्षासँगै रोजगारमुखि शिक्षा प्रदान गरेपछि हिमालय दर्शन कलेज विद्यार्थीको रोजाइमा पर्दै आएको छ । सोही अवसरमा बिएचएम अध्ययन गर्दै आएका विद्यार्थीहरुले आइतबार पाककला प्रदर्शन गरेका छन् ।

बिएचएम चौथो सेमिस्टरका विद्यार्थीहरुले बर्षभरी अध्ययन गरेका किताबी ज्ञानलाई व्यवाहरिक रुपमा प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले तयार पारेका विभिन्न परिकारहरु कार्यक्रममा सहभागी अथितीहरुलाई फुड टेष्ट समेत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्