मोरङ अदालतमा दैनिक दर्ता हुन्छन् सातवटा सम्बन्ध बिच्छेदका मुद्दा

<span class='c1'>मोरङ अदालतमा दैनिक दर्ता हुन्छन्</span> <span class='c2'>सातवटा सम्बन्ध बिच्छेदका मुद्दा</span>

विराटनगर। मोरङ जिल्ला अदालतमा दैनिक दर्ता हुन आउने मुद्दामा सम्बन्धविच्छेदका धेरै संख्यामा छन् । दैनिक ७ देखि ८ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता हुने गरेका हुन् ।

यि मुद्दाहरुमा कतिपय त मेलमिलापमाको सहायताले फिर्ता समेत लिने गरेको छन् । मोरङ जिल्ला अदालतमा विगत तीन वर्षको तथ्याङ्कले सम्बन्ध विच्छेदका मुद्दाहरू क्रमशः बढ्दै गएको देखाएको छ । मोरङ जिल्ला खदालतमा आर्थिक वर्ष २०८०।८१ मा एक हजार ९८६ सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका छन् । जसमध्ये एक हजार ५८१ मुद्दा फछ्यौट भएका छन् भने ४०५ मुद्दा बाकी रहेका छन् ।

यस्तै २०७९।८० मा १ हजार ९ सय ८३ मुद्दा दर्ता भएका थिए । जसमा १ हजार ५ सय ३२ मुद्दा फछ्र्यौट भएका थिए भने ४ सय ५१ बाकिँ रहेका थिए । यसै गरी २०७८।७९ मा जम्मा १ हजार ७ सय ९८ सम्बन्ध विच्छेसका मुद्दा दर्त भएका छन् । यसमध्ये १ हजार ३ सय ३७ फछ्रयौट भएका छन् भने बाकि ४ सय ६१ रहेका थिए । यि तिन वर्षका मुद्दा हेर्ने हो भने सम्बन्ध विच्छेदका मुद्दा सामान्य बढेको देखिन्छ । सम्बन्धबिच्छेद गर्नुको मुख्य कारण घरेलु हिंसा, आपसी मतभेद, मानसिक तनाब लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्