बंगलादेशबाट आँखाको शल्यक्रिया गर्न विराटनगरमा

<span class='c1'>बंगलादेशबाट आँखाको शल्यक्रिया</span> <span class='c2'>गर्न विराटनगरमा</span>

इशु पन्त
विराटनगर । बंगलादेशका नागरिक राजीव क्षेत्री विराटनगरमा आँखाको शल्यक्रिया गर्न भारतको अछाम हुँदै आए । उनको आँखामा लेजर सर्जरी गर्नुपर्ने थियो । भारत र बंगलादेशमा भन्दा ५० प्रतिशत न्यून शुल्कमा उच्च गुणस्तरको सेवा नेपालमा पाईने थाहा भएपछि उनले विराटनगरलाई रोजेका थिए ।

भारतको अछामबाट विराटनगर आऊन १ दिन मात्रै लाग्ने भएकोले उनी आएको बताउँछन् । बंगलादेश, भुटान र भारतका नागरिक आँखाको उपचारका लागि आउने थाहा भएको उनले बताए । नेपालमा आँखा उपचार गराउन सस्तो मात्रै नभई गुणस्तर सेवा रहेको भन्ने चर्चा बंगलादेशमा रहेको उनले सुनाए । विराटनगरको आँखा अस्पतालमा आएका उनी बंगलादेश र भारत दुवै देशमा आउजाउ गरिरहने गरेको बताउँछन् ।

विराटनगर आँखा अस्पताल रानीको पछिल्लो एकवर्षको तथ्यांकमा छ लाख बिरामीको उपचार भएको छ । जसमा नेपाली ५५ र विदेशी ४५ प्रतिशत रहेका छन् । विदेशी मध्येपनि बंगलादेश र भुटानका ३ प्रतिशत बिरामी आउने गरेको अस्पतालका कुमार पेृथुले जानकारी दिए । भारतका धेरै बिरामी आउँछन्, त्यसमा बंगलादेश र भुटानका पनि छन्, पृथुले भने–कतिपय बंगलादेश र भुटानकाहरुले भारतीय भनेर पनि उपचार गराउँछन् । प्रवेशाज्ञा लिनुपर्ने बाध्यतालाई छल्नका लागि धेरैले ठेगाना ढाट्ने गरेको उनको बुझाई छ ।

विराटनगर आँखा अस्पतालले कार्यक्षेत्र बढाएपछि अहिले भारतबाट आउने बिरामीहरु सेवा केन्द्रमा समेत जान थालेका छन् । आँखा अस्पतालले १८ स्थानमा उपचार केन्द्र स्थापना गरेको छ । प्राथमिक उपचार केन्द्रको रुपमा इटहरी र फिक्कलमा समेत सेवा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्