छात्राको घााँटी समाएको विरोधमा धनपालथान अमाहिवरियातीको जनता मा.वि.मा ताला

<span class='c1'>छात्राको घााँटी समाएको विरोधमा धनपालथान</span> <span class='c2'>अमाहिवरियातीको जनता मा.वि.मा ताला</span>

विराटनगर । मोरङको धनपालथान गाउँपालिका २ अमाहिवरियातीस्थित जनता माध्यमिक विद्यालयका शिक्षकले छात्रलाई घाँटी समाएको विरोधमा अभिभावकले तालाबन्दी गरेका छन् । विद्यालयका को–अर्डिनेटर राकेशकुमार मण्डलले कक्षा १० मा अध्ययनरत एक छात्राको घाँटी न्याकेको आरोप लागेको हो ।

सोमबार कक्षामा टेस्ट परीक्षाको नतिजाको विषयमा छलफल चलिरहेको थियो, त्यहि बेला विद्यार्थीहरुलाई अनुहार समेत हेर्न मन छैन भन्दै गाली गलिरहेका शिक्षक मण्डलले एकजना छात्रलाई अकस्मात घाँटी समाएर उचाल्न खोजेको आरोप छ । एसईईमा ६३ जना विद्यार्थी सहभागी गराएको विद्यालयबाट एकजना पनि उत्तिर्ण नभएपछि अहिले मौका परीक्षाका लागि विद्यार्थीलाई कोचिङ गराउनेदेखि कक्षा ९ र १० का विद्यार्थीका लागि अतिरिक्त पढाई सञ्चालन गर्दै आएको थियो ।

विद्यालय बन्द रहेपनि कक्षा ९–१० र एसईई मौका परीक्षाका विद्यार्थीलाई पढाउँदै आएको विद्यालयमा मंगलबार अभिभावक आफैंले ताला लगाएपछि थप सकस सिर्जना भएको छ । विद्यालयका संयोजक राकेशकुमार मण्डलले सत्यकुरा थाहा नपाईकन केहि व्यक्तिले विषयान्तर गरेको दावी गरेका छन् । उनले विद्यालयमा ताला लागेरै विद्यार्थीहरु घर फर्किरहेको हुनसक्ने बताए । हिजोको घटनाको सम्बन्धमा अहिले छलफल गराउने तयारीमा विद्यार्थी प्रशासन रहेको बुझिएको छ ।

विद्यालयका प्राचार्य रुद्रनारायण चौधरीले भने हिजो केहि नभएको, कसैले कसैलाई घाँटी नसमाएको दावी गरेका छन् । उनले अभिभावकले ताला समेत नलगाएको बताउँदै बाँकी कुरा छलफल गरेर निष्कर्ष निकालिने बताए । एसईई परीक्षामा सहभागीमध्ये एकजना विद्यार्थी उत्तिर्ण भएको उनले जानकारी दिए । बाँकी परीक्षार्थीका लागि तयारी कक्षा सञ्चालन गरिदैं आएको बताए । उसले विद्यार्थीलाई अहिले केहि भन्न नसकिने अवस्था रहेको बताउँदै भने–केहि छैन भएको, बसेर छलफल चलाउने तयारीमा छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्