विराटनगर क्षेत्रमा ९० किलोमिटर दुरीमा खानेपानी पाइप संरचना फेरिने, चार स्थानमा बन्छ संरचना

<span class='c1'>विराटनगर क्षेत्रमा ९० किलोमिटर दुरीमा खानेपानी पाइप</span> <span class='c2'>संरचना फेरिने, चार स्थानमा बन्छ संरचना</span>

इन्दु साह
विराटनगर । जापान सरकारको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा सुरु भएको खानेपानी सुधार आयोजनाले ९० किलोमिटर दुरीमा पाइप संरचना फर्ने छ । नेपाल खानेपानी संस्थानको पुरानो पाइप संरचना भएका कारण वितरण प्रणालीमा विविध समस्या देखिदै अखाएको छ । जापान सरकारको सहयोगमा सुरु भएको विराटनगर खानेपानी सुधार आयोजनाले पाइप संरचना समेत नयाँ निर्माण गर्ने भएको हो ।

जाईकाले खानेपानीको अध्ययन २०१९ नोभेम्बरमा गरेको थियो । त्यस बेला विराटनगरमा पानी वितरण प्रणालीका कारण धेरैलाई हेपाटाइटिसको समस्या झेल्नु परेको पीडा थियो । अध्ययनका क्रममा खानेपानीको पाइप पुरानो भएर फुट्ने र त्यसबाट फोहोर पानी पाइप भित्र पस्ने गरेको आकंलन गरिएको थियो । खानेपानीको पाइप र ढल निकासको पाइपसँगै भएको ठाउँमा त अझै दिसा जन्य वस्तु पानीमा मिसिएको पाइएको थियो ।

जापानी निर्मााण कम्पनी सिमिजु कर्पोरेशनले २ अर्ब ५४ करोड जापानी यानमा सम्झौता गरेर काम सुरु गरेको विराटनगरमा ३१ मे २०२६ मा आयोजना सम्पन्न हुने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जाईकाको योजनबाट विराटनगरका एक लाख लाभान्वित हुने खानेपानी संस्थानका सुचना अधिकारी होम चम्लागाँइले जानकारी दिएका छन् ।

विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्रमा यो आयोजनाको कार्यक्षेत्र बनाईएको छ । विराटनगर ५ मा १६ लाख ५० हजार लिटरको ट्याङकी, प्रशासनीक भवन, ३ वटा वेल, फिल्टर प्लान्ट, अन्डर ग्राउन्ड ट्याङकी निर्माण गरिनेछ । यस्तै देवकोटा चौकमा ३ वटा वेल, एउटा फिल्टर प्लान्ट, अन्डरग्राउन्ड ट्याङ्की निर्माण हुनेछ । यसैगरी मुनालपथमा ३ वटा वेल, फिल्टर प्लान्ट, अन्डरग्राउन्ड ट्याङकी निर्माणको योजना रहेको छ । तीनपैनीमा समेत थप संरचनाहरु निर्माण हुनेछन् ।

नेपाल खानेपानी संस्थानको सुचना अधिकारी चम्लागाँईका अनुसार हाल १२ हजार ८ सय घरधुरीले धारा जडान गरेका छन् । लगभग २ करोड लिटर खानेपानीको माग दैनिक हुँदा संस्थानले एक करोड ३० लाख लिटर मात्रै आपूर्ति गर्दै आएको छ । उक्त संस्थानले महानगरपालिकाको २३ प्रतिशत क्षेत्रफल ओगटेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्