सरकार समस्याको समाधान ठाडो आदेशबाट खोज्दैछ : सांसद बस्नेत

<span class='c1'>सरकार समस्याको समाधान ठाडो आदेशबाट</span> <span class='c2'>खोज्दैछ :  सांसद बस्नेत</span>

काठमाडौं । माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले वर्तमान सरकार ठाडो आदेश दिंदै गलत कर्मको बाटोमा हिडेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारले कुरा सुशासन, विधि र नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने गलत बाटोमा हिडेको बताएका हुन् ।

उनले भने,‘कुरा सुशासन र विधिको गर्ने,नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने सरकार गलत बाटो हिड्दैछ ।’ उनले अमूख उद्योगमा काटिएको विद्युत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको भन्दै आपत्ति जनाए । विवाद विद्युत काट्ने वा जोड्ने कुराको मात्र नभएर महशुल अशुल गर्ने कि नगर्ने विषयमा केन्द्रीत रहेको उनको भनाई छ ।

‘अमुख उद्योगमा काटिएको विद्युत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको छ, आश्चर्य लागिरहेको छ । स्पष्ट छ, यो विवाद विद्युत काट्ने वा जोड्ने कुराको मात्र होइन्, महशुल अशुल गर्ने कि नगर्ने विषयमा केन्द्रीत छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्