विराटनगर । मोरङको बेलबारी नगरपालिका-७ हल्दिबारी स्थितमा ५१ वर्षीया पन्तिदेबि चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमबार साँझ ७ बजे आफ्नै घरमा टिनको छानामा राखेको फलामको रड निकाल्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी उनलाई उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर ल्याएकोमा चेक जाँचको क्रममा डाक्टरले मृत घोषित गरेका थिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।