पूर्वमुख्यमन्त्री केदार कार्कीद्वारा सचिवलाई कुटपिट गर्ने धम्की, प्रशासनमा उजुरी

<span class='c1'>पूर्वमुख्यमन्त्री केदार कार्कीद्वारा सचिवलाई कुटपिट</span> <span class='c2'>गर्ने धम्की, प्रशासनमा उजुरी</span>

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएको आरोप लागेको छ। सचिव भट्टराईले यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले निवेदन प्राप्त भएको पुष्टि गर्दै भने, "उहाँले आफूलाई फोन मार्फत चुट्छु भनेर भन्नु भएको भनेर निवेदन दिनुभएको छ। हामी सचिव भट्टराईको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध छौं।"

नेपाली कांग्रेसका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री हुँदा आयोजित खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अहिले पनि नगरे ठीक नहुने भन्दै धम्की दिएको सचिव भट्टराईले बताए। उनले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको बोधार्थ कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई पनि दिएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्