प्रमुख सहरहरुको व्यवस्थित ठेगाना प्रणाली लागू गर्न माग

<span class='c1'>प्रमुख सहरहरुको व्यवस्थित ठेगाना</span> <span class='c2'>प्रणाली लागू गर्न माग</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले देशको भूगोललाई सुहाउँदो प्रमुख सहरहरुको व्यवस्थित ठेगाना प्रणाली लागु गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले ठेगाना प्रणालीलाई व्यवस्थित बनाउन नसकिएमा सहर विकास गरेको कुनै औचित्य नहुने भन्दै व्यवस्थित ठेगाना प्रणाली लागू गर्न माग गरे ।

उनले भने,‘देशको राजधानी जस्तो सहरको विकासका लागि एकदमै आवश्यक व्यवस्थित ठेगाना प्रणालीबारे बारम्बार उठाइरहेको छु । ठेगाना प्रणालीलाई व्यवस्थित बनाउन सकिएन भने सहर विकास गरेको कुनै औचित्य हुँदैन् । म देशका सबै प्रमुख सहरहरुको व्यवस्थित एकै किसिमको ठेगाना प्रणाली लागु गर्न माग गर्दछु । एउटा नागरिक विरामी हुँदैगर्दा एम्बुलेन्स कहाँ पठाउने ? एक घरमा दुर्घट्ना हुँदैगर्दा दमकल कहाँ पठाउने ? न्यूनतम आवश्यकतालाई मध्यनजर गरेर यही आर्थिक विकासभित्र सरकारले भूगोल सुहाँउदो ठेगाना प्रणाली लागु गर्न माग गर्दछु ।’

उनले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन,गर्न दिने छैन् र कुनैपनि कालखण्डमा गरेको भ्रष्टाचारमा कडा रुपमा प्रस्तुत हुन्छु भनेर सदनमा प्रतिवद्धता जनाएको भन्दै उक्त वाक्यांस कसका लागि लक्षित गरेको भन्दै प्रश्न गरे । विगतको ३३ वर्ष राज गर्दैगर्दा, सत्ता सञ्चालन गर्दैगर्दा भ्रष्टाचारमा चुर्लुम्म को डुबेको हो ? कोप्रति लक्षित गरेर कसलाई कारबाही गर्ने भनेको भन्दै आक्रोसित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्