विराटनगरमा श्रीकृष्ण जन्माष्टमी भव्य रूपमा मनाइने

<span class='c1'>विराटनगरमा श्रीकृष्ण जन्माष्टमी</span> <span class='c2'>भव्य रूपमा मनाइने</span>

विराटनगर । विराटनगरको ट्राफिक चौकस्थित ईस्कोन प्रभुपादले यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी भव्य रूपमा मनाउने भएको छ।

भदौ १० गते विराटनगर ९ स्थित सिटि प्यालेसमा हुने यस कार्यक्रममा ३० हजारभन्दा बढी भक्तजनको सहभागिता हुने आयोजकले अनुमान गरेको छ।

बिहानदेखि रातभरि चल्ने यस कार्यक्रममा यज्ञ, कीर्तन, प्रवचन, अभिषेक, आरती, ड्रामा, प्रसाद वितरण र कृष्ण ड्रेस प्रतियोगिता जस्ता विविध धार्मिक तथा सांस्कृतिक गतिविधिहरू समावेश गरिएको छ। नेपालका विभिन्न भागबाट भक्तजनहरूको सहभागिताका साथै भारतका प्रख्यात गुरु तथा महाराजहरूको पनि उपस्थिति रहने जनाइएको छ।

स्थानीय भक्तजनहरूको सहयोगमा आयोजना हुने यो कार्यक्रमको तयारी एक महिना अगाडिदेखि भइरहेको छ। ईस्कोन प्रभुपादका भक्त विना भट्टराईका अनुसार हरेक वर्ष झैं यस पटक पनि श्रीकृष्ण जन्माष्टमीलाई अत्यन्त उत्साह र श्रद्धाका साथ मनाइने छ। यो कार्यक्रमले भक्तजनहरूलाई आध्यात्मिक आनन्द प्रदान गर्नुका साथै समुदायमा एकता र सद्भाव बढाउन मद्दत गर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्