साइबर अपराध जिल्ला प्रहरी कार्यालयबाटै दर्ता : पाँच महिनामा २४ मुद्दाको अनुसन्धान

<span class='c1'>साइबर अपराध जिल्ला प्रहरी कार्यालयबाटै दर्ता</span> <span class='c2'>: पाँच महिनामा २४ मुद्दाको अनुसन्धान</span>

विराटनगर । नेपाल प्रहरीले साइबर अपराधको मुद्दा जिल्लामै चलाउने कानुन बनेपछि कोशी प्रदेशका १४ जिल्लामा २४ मुद्दा दर्ता भएका छन् ।

पाँच महिनाबाट प्रहरीको जिल्ला तहबाटै साइबर अपराधको मुद्दा प्रहरीले चलाउन थालेको छ । जिल्लामै मुद्दा दर्ता हुने प्रक्रियाको थालनीपछि कोशी प्रदेशमा यसको न्युनीकरणको अभियान समेत थालिएको छ ।

कोशी प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्रकुवेर खापुङ्गले सर्वसाधारणलाई साइबर अपराधका घटना बारे जानकारी गराउन सचेतनाका कार्यक्रम समेत सञ्चालन गरिदैं आएको बताए । सामाजिक सञ्जालका प्रयोगकर्ताबाट जानेर वा नजानेर समेत हुने साइबर अपराधलाई न्युनीकरणका लागि सचेनता समेत सँगसँगै गराउँनु जरुरी छ, डिआईजी खापुङले भने–ग्रामिण भू–भागमा हुने घटनामा नजानिदो तरिकाले सर्वसाधारण समेत संलग्न भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/२०८१ मा २ हजार १०८ स्थानमा सार्वजनिक कार्यक्रम गरेर सचेतना गराएको दावी छ । यो अपराधका विषयमा ५५ हजार ५३५ जनालाई प्रत्यक्ष जानकारी दिइएको प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल बताए । कानुनले कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर गरिने अपराधलाई साइबर अपराध मान्छ । तर, मोबाइल फोन र त्यसमा सीमकार्डको डाटाबाटै चल्ने सामाजिक सञ्जालबाट हुनसक्ने कतिपय गतिविधिले साइबर अपराधलाई गाउँसम्म लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्